तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत
- ३१ श्रावण २०८२, शुक्रबार
- 1 पटक पढिएको
म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ-बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए ।