ताजा अपडेट
म्याग्दीमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू
- 2 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी, २९ फागुन । नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य... पुरा पढ्नुहोस
लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण
- 2 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ । दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई... पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया (तस्वीर र भिडियाे सहित)
- 2 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको... पुरा पढ्नुहोस
तीन महिने सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न
- 2 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी, २९ फागुन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम सुरु भएको थियो । आईतबार वडा कार्यालयमा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस
मुनामा आयुर्वेद स्वास्थ्य शिविर
- 2 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा... पुरा पढ्नुहोस
बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न
- 2 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिड्सको सहयोगमा संरक्षक समाज म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको उक्त शिविरमा ५० जनाले सेवा लिएका छन् । बेनी अस्पताल परिसरमा आयोजित उक्त शिविरमा मानसिक रोगका विरामीहरुको स्वास्थ्य परिक्षण संगै औषधी वितरण समेत गरिएको थियो ।... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा सम्पन्न
- 2 बर्ष, 10 महिना अगाडि
- २८ फाल्गुन २०७८, शनिबार
बेनी २८ फागुन । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र... पुरा पढ्नुहोस
म्याग्दीमा प्रभावकारी भएन कृषि बीमा कार्यक्रम
- 2 बर्ष, 10 महिना अगाडि
- २८ फाल्गुन २०७८, शनिबार
म्याग्दी, २८ फागुन । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसानको सङ्ख्या न्यून देखिएको बताइएको छ । झन्झटिलो प्रक्रिया र अव्यावहारिक नीतिका कारण किसानले कृषि तथा बाली बीमा कार्यक्रमबाट यहाँका किसान लाभ... पुरा पढ्नुहोस
मालिका र धौलागिरि गाउँपालिका जाेड्ने नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो
- 2 बर्ष, 10 महिना अगाडि
- २८ फाल्गुन २०७८, शनिबार
सन्ताेष शर्मा म्याग्दी २८ फागुन । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ बेनी नगरको सभापतिमा महत चयन
- 2 बर्ष, 10 महिना अगाडि
- २८ फाल्गुन २०७८, शनिबार
म्याग्दी २८ फागुन । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न भएको शनिबार दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्ष दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव... पुरा पढ्नुहोस