ताजा अपडेट

म्याग्दीमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू

म्याग्दी, २९ फागुन ।  नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य... पुरा पढ्नुहोस

लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण

म्याग्दी २९ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ । दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई... पुरा पढ्नुहोस

ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया (तस्वीर र भिडियाे सहित)

म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको... पुरा पढ्नुहोस

तीन महिने सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न

म्याग्दी, २९ फागुन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम सुरु भएको थियो । आईतबार वडा कार्यालयमा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस

मुनामा आयुर्वेद स्वास्थ्य शिविर

म्याग्दी २९ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिड्सको सहयोगमा संरक्षक समाज म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको उक्त शिविरमा ५० जनाले सेवा लिएका छन् । बेनी अस्पताल परिसरमा आयोजित उक्त शिविरमा मानसिक रोगका विरामीहरुको स्वास्थ्य परिक्षण संगै औषधी वितरण समेत गरिएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा सम्पन्न

बेनी २८ फागुन । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र... पुरा पढ्नुहोस

म्याग्दीमा प्रभावकारी भएन कृषि बीमा कार्यक्रम

म्याग्दी, २८ फागुन ।  सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसानको सङ्ख्या न्यून देखिएको बताइएको छ । झन्झटिलो प्रक्रिया र अव्यावहारिक नीतिका कारण किसानले कृषि तथा बाली बीमा कार्यक्रमबाट यहाँका किसान लाभ... पुरा पढ्नुहोस

मालिका र धौलागिरि गाउँपालिका जाेड्ने नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो

सन्ताेष शर्मा म्याग्दी २८ फागुन । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ बेनी नगरको सभापतिमा महत चयन

म्याग्दी २८ फागुन । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न भएको शनिबार दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्ष दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव... पुरा पढ्नुहोस