ताजा अपडेट

जातीय भेदभाव र छुवाछूत : संविधानमा छैन, व्यवहार र संस्कृतिमा कायमै

देवीदत्त शर्मा । आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस’ । जातीय भेदभाव भन्नु र छुवाछूत भन्नु एउटै कुरा होइन । भेदभावमा पुस्तौं पुस्ता देखिको अर्थराजनीतिक शोषण र बहिष्करण दासत्व लुकेको छ भने छुवाछूतमा व्यवहार र उच्च घमण्डीय संस्कृति । ‘मैंले त छुवाछूत गरेको छैन, म त दलित साथीसँगै खाना... पुरा पढ्नुहोस

जेसिजको आयोजनामा ‘सार्वजनिक भाषणकला’ तालिम

म्याग्दी, १९ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रभावकारी सार्वजनिक भाषणकला तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत‘प्रभावकारी सार्वजनिक भाषण कला तालिम’ मा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । विहिबार जेसिज सभाहलमा भएको तालिममा प्रशिक्षकद्धय बागलुङ जेसिज पुर्व अध्यक्ष सुदिपराज भण्डारी र म्याग्दी जेसिज पुर्व... पुरा पढ्नुहोस

बेनीमा बाल संजाल परिचालन सम्वन्धी अन्तरक्रिया

  म्याग्दी, १९ जेठ । सामाजिक विकास कार्यालयको आयोजनामा बेनीमा बाल संजाल परिचालन सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले बालबालिकाको क्षमता विकास र भविष्यमा रोजगारी सुरक्षित... पुरा पढ्नुहोस

चिमखोलामा टेलिकमको सुविधा विस्तार भएपछि दुर्गम बस्तीका स्थानीय हर्षित

बेनी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको पहुँच विस्तार भएको छ । टेलिकमको सेवा विस्तार भएपछि मोवाईल फोनका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेपछि स्थानीयबासी हर्षित बनेका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रुपमा विद्युतको पोलमा... पुरा पढ्नुहोस

म्याग्दीको लाम्पाटा–दरबाङ सडक अलपत्र

म्याग्दी १९ जेठ । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न... पुरा पढ्नुहोस

जेसिज गाउँ पुलाचौरमा निसुल्क आँखा शिविर

म्याग्दी, १८ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका– ५ पुलाचौर पुरुण्डीमा निसुल्क आँखा शिविर सम्पन्न भएको छ । जेसिज सप्ताह कार्यक्रमको चौथो दिन जेसिज गाउँ पुलाचौरमा आयोजित निसुल्क आँखा शिविरमा ३०५ जनाले सेवा लिएको म्याग्दी जेसिजको कार्यकारी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिए । नेत्र ज्योती... पुरा पढ्नुहोस

बागलुङ बजारमा सिसी क्यामरा पुनः जडान गरिँदै

बागलुङ १७ जेठ । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो ।बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान... पुरा पढ्नुहोस

म्याग्दीका पालिकाले दुई अरब ११ करोड अनुदान पाए

बेनी, १७ जेठ । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच वटा गाउँपालिकालाई समानीकरण, सशर्त, बिशेष र समपुरक अनुदान... पुरा पढ्नुहोस

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

म्याग्दी १७ जेठ ।  पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण... पुरा पढ्नुहोस

युवराज खतिवडाको तीन वटा बजेट माथि जनार्दन शर्माको एउटै बजेट भारी

काठमाडौं, १७ जेठ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट प्रस्तुत गरिसक्नुभएको छ । करिब एक बर्षदेखी मुलुकको अर्थ व्यवस्थाको बागडोर सम्हालिरहनु भएको अर्थमन्त्री शर्माले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताबाहेक सबैले प्रशंशा गरेका छन् । ताजा जनादेशमा जानुअघि... पुरा पढ्नुहोस