ताजा अपडेट
सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड
- 8 बर्ष, 2 महिना अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
काठमाडौं, २६ फागुन । मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। मृतकका पीडित परिवारहरुसँग भेटेर मलेठबाट फर्किंदै गर्दा मोर्चा कार्यकर्ताहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए। तोडफोडका कारण गाडीको सिसा... पुरा पढ्नुहोस
कुहुँमा सार्वजनिक सुनुवाई
- 8 बर्ष, 2 महिना अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
कुहुँ, २५ फागुन । म्याग्दीको कुहुँमा बुधबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुहुँ गाविसको कार्यालयको आयोजनामा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका विषयमा स्थानीय सरोकारवालाहरुबीच अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागि स्थानीय बासिन्दाहरुले गाउँबाटै गाविसको सेवा प्रवाह हुनुपर्ने, योजनाको सर्वेक्षण, जाँचपास र अनुगमनका लागि प्राबिधिक कार्यक्षेत्रमा खटिनुपर्ने, सडक... पुरा पढ्नुहोस
दृष्टिविहीन विक दम्पतीका चार छोरीहरु विद्यालय जानबाट बञ्चित
- 8 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । ताकम–३ रातमाटाकी ११ बर्षिय निरुता विक विद्यालय जान छाडेको पाँच महिना भयो । बाबा र आमा दुबै दृष्टिविहिन रहेको र घरपरिवारको आर्थिक अबस्था एकदमै न्युन भएपछि निरुता संगै उनका दुई बहिनीहरुले पनि पढ्न छाडेका छन् । दृष्टिविहीन दम्पती जलन विक र सुस्मीता विकका चार छोरीहरु मध्ये... पुरा पढ्नुहोस
म्याग्दीमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो
- 8 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । बुधबार म्याग्दीमा १०७औं संस्करणको अन्तर्रा्ष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार’ ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः २०३० सम्म बराबरी पाईला’ भन्ने मूल नारासहित दिवस मनाइएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी र्याली सम्पन्न गरिएको छ ।... पुरा पढ्नुहोस
आगलागिले बालमन्दिर आधारभुत विद्यालय डाँडाखेतको १० कोठ भवन ध्वस्त
- 8 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । म्याग्दीको बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा आज साँझ भएको आगलागिले १० कोठ विद्यालय भवन जलेर नष्ट भएको छ । आगलागि हुँदा विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा सहितको १० कोठा भएको दुई तले भवनमा पूर्ण रुपमा क्षती पुगेको हो । साँझ करिब... पुरा पढ्नुहोस
बर्डफ्लुको त्रासले धौलागिरि अञ्चलमा कुखुरा आयातमा प्रतिबन्ध
- 8 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
पर्वत, २५ फागुन । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो... पुरा पढ्नुहोस
गौबधको आरोपमा पाँचजना थुनामा
- 8 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पर्वतमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध... पुरा पढ्नुहोस
अपांगता भएका व्यक्तिले दिए सपांगलाई रोजगारि
- 8 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । यहाँका एक अपांगता भएका युवाले सपाङ्ग व्यक्तिहरुलाई समेत रोजगारिको अबसर सृजना गरेका छन् । तत्कालिन दश बर्षे शसस्त्र द्धन्द्धको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका बावियाचौर–६ सल्यानका ३० बषिय युवा सुरेन्द्र खत्रीले होटल व्यवसाय सञ्चालन गरेका हुन् । सदरमुकाम बेनीको क्याम्पसचोक नजीकै मालिका रेष्टुरेण्ट सुरु... पुरा पढ्नुहोस
गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको ‘रुपौला रुइसे’ (फोटो फिचर)
- 8 बर्ष, 2 महिना अगाडि
- २४ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, २४ फागुन । सदरमुकाम बेनीदेखि एक विहानको पैदल दुरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यताले सु–सज्जीत बनेको छ । भर्जिन पदमार्गको रुपमा परिचित धौलागिरी आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यो क्षेत्रको जंगलमा फागुन महिनाको सुरुवातसंगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । समुन्द्री सतहदेखि २ हजार... पुरा पढ्नुहोस
क्याम्पसचोकमा विधुतको जिर्णपोल कहिले हटाउने
- 8 बर्ष, 2 महिना अगाडि
- २४ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, २४ फागनु । बेनी सदरमुकामको क्याम्पसचोकमा विधुत लाइन जोडेकोे एकै ठाउँमा तिनओटा पोल हुदाँ यातायात तथा सर्वसाधारणलाई आवातजावातमा दैनिक समस्या भएको छ । सदरमुकामको क्याम्पसचोकमा बाटो सागुरो र चोक भएकोले दैनिक विद्यार्थी तथा अन्य सर्वसाधारण को घुईचो तथा सवारीसाधनको चाप बढी हुने ठाउँमा विगत लामो समयदेखि एकै ठाउँमा बेबारिसे... पुरा पढ्नुहोस