ताजा अपडेट

कुहुँको प्रगतिशिल सहकारीको नयाँ सञ्चालक समिति चयन

म्याग्दी, २६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पूर्णमाया शेरपुञ्जाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवि केसी, सचिवमा मुक्तिमाया पुन, सहसचिवमा डिलकुमारी खत्री र कोषाध्यक्षमा बिष्णु शेरपुञ्जा... पुरा पढ्नुहोस

मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

म्याग्दी, २६ असोज । नेशनल लाईफ ईन्सुरेन्स कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका एक बिमीतका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गत मंसिरमा बेनीबाट घारतर्फ जादै गरेको जिप कालीगण्डकी नदीमा खसेर दिवंगत भएका अन्नपूर्ण गाउँपालीका ६ घारका रमेश खड्काको परिवारलाई बुधबार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । पोखरेबगरमा आयोजित... पुरा पढ्नुहोस

घुम्ती शिवीरमा ७६ बर्षका चन्द्रबहादुरले पाए नागरीकता

म्याग्दी २६ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा बुधबार घुम्ती शिवीर सुरु भएको छ । धौलागिरी गाउँपालीकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो ।... पुरा पढ्नुहोस

पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग

म्याग्दी, २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ । दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद... पुरा पढ्नुहोस

बालिका दिवसमा किशोरीकै अगुवाईमा बहसमुलक रेडियो कार्यक्रम

११ अक्टोबर अर्थात अन्तराष्ट्रिय बालिका दिवस । यो दिवसको अवसरमा रे८ियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्वमा रे८ियो कार्यक्रमहरु सञ्चालन भएका छन । बालिकाहरुको नेतृत्व तथा क्षमता विकासका लागि अन्तराष्ट्रियस्तर देखि नै बालिका दिवस मनाउन लागिएको हो।अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालको आयोजनामा, सामुदायिक रेडियो प्रसारक संघको समायोजनमा नेपालका३०० भन्दा बढि... पुरा पढ्नुहोस

मोना सम्मेलनद्धारा समृद्ध म्याग्दीको लागि लगानी भित्र्याउने प्रस्ताब पारित

म्याग्दी, २५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिको दोस्रो महाधिवेशन तथा विश्व सम्मेलन समृद्ध म्याग्दीका लागी लगानी भित्र्याउने प्रस्ताब परित गर्दै सकिएको छ । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा तीन दिनसम्म सञ्चालन भएको महाधिबेशनले म्याग्दीको सामाजिक विकासमा सहयोगी भूमिका निर्वाह गर्दै जिल्लाको समृद्धिको यात्रामा सहकार्य गर्ने प्रस्ताब... पुरा पढ्नुहोस

दिदी बहीनी र सिद्धेश्वर सहकारीबीच अन्तरक्रिया

म्याग्दी, २४ असोज । बेनीको दिदी बहिनी र मोरङको सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाबिच मंगलबार बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङबाट भ्रमणमा आएका सिद्धेश्वर सहकारीका सञ्चालक, सेयर सदस्य र कर्मचारीहरुले बेनीमा महिलाहरुको मात्र लगानी र सहभागीतामा सञ्चालीत दिदी बहिनी सहकारीको गतिबिधिको बारेमा जानकारी लिएका हुन् । दिदी... पुरा पढ्नुहोस

मोना युकेका अध्यक्ष पुर्जाद्धारा म्याग्दी क्याम्पसलाई डेढ लाख सहयोग

बेनी २४ असोज । एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैया सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो । मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सो रकम... पुरा पढ्नुहोस

तिलिचो पुग्दा संसार भुलेपछि (फोटो फिचर)

दशैँ तिहार भन्ने वित्तिकै घुमघाम र मनोरञ्जनको लागि खर्चिने समय भनेर बुझ्ने गरिन्छ । विगतका बर्षहरुमा दशैँ तिहारको समयमा नजीकका ठाउँहरुमा घुमघाम गरेको अनुभबले यस बर्षको समयलाई हामीले संसारकै अग्लो ठाउँमा अबस्थित तिलिचो ताल पुग्ने निधो ग¥यौ। कतिपय जागिरे साथिहरु यहि दशैँ तिहारको अबसरमा फुर्सदीला बन्ने र हामी पनि त्यो... पुरा पढ्नुहोस

चे ग्वेभाराको हत्याको ५० वर्ष, विश्वभरी लाखौं मानिस सडकमा

चे ग्वेभाराको हत्या भएको ५० वर्ष पुगेको दिनको सम्झनामा क्यूबामा हजारौं मानिसहरु सडकमा ओर्लिएका छन् । सान्टा क्लारामा राष्ट्रपति राउल क्यास्त्रोसहितले चे लाई सम्झिएका छन् । ल्याटिन अमेरिकाका अरु देशमा समेत हजारौंले चे को सम्झना गरेको विविसीले जनाएको छ ।क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज पचास वर्ष पुगेको... पुरा पढ्नुहोस