बालिका दिवसमा किशोरीकै अगुवाईमा बहसमुलक रेडियो कार्यक्रम

  • २६ आश्विन २०७४, बिहीबार
  • रञ्जना श्रेष्ठ
  • 2189 पटक पढिएको

११ अक्टोबर अर्थात अन्तराष्ट्रिय बालिका दिवस । यो दिवसको अवसरमा रे८ियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्वमा रे८ियो कार्यक्रमहरु सञ्चालन भएका छन । बालिकाहरुको नेतृत्व तथा क्षमता विकासका लागि अन्तराष्ट्रियस्तर देखि नै बालिका दिवस मनाउन लागिएको हो।अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालको आयोजनामा, सामुदायिक रेडियो प्रसारक संघको समायोजनमा नेपालका३०० भन्दा बढि रेडियो एफ.एमबाट बालिकाहरुको बहस मुलक कार्यक्रम संचालान भएका छन् ।

सोही अनुसार म्याग्दीका दुई सामुदायिक रेडियो, रेडियो म्याग्दी १०४.४ मेघाहर्ज र म्याग्दीकाली एफएम ८८.२ मेघाहर्जमा बहसमुलक कार्यक्रम समपन्न भएका हुन् । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा बालबालिकाको क्षेत्रका सरोकारवाला निकाय व्यक्ति तथा महिला अधिकारकर्मीहरुको सहभागिता थियो ।

रेडियो म्याग्दीमा जिल्ला बाल सञ्जाल म्याग्दीकी सचिब रञ्जन श्रेष्ठ प्रस्तोता रहेको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयका सहायक महिला विकास निरिक्षक लक्ष्मी केसी र महिला अधिकारकर्मी रेखाकौशल रेग्मीले साक्षात्कार गर्नुभएको थियो ।

त्यस्तै, म्याग्दीकाली एफएममा सँगिता परियार प्रस्तोता रहेको कार्यक्रममा बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल, प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले सहभागिता जनाउनुभएको थियो । नेपालमा छ लाख भन्दा बढि बालबालिका विद्यालय बाहिर रहेका छन् । जसमा ५६ प्रतिसत छात्रा रहेका छन् ।

अभmै पनि कतिपय छात्राहरु विद्यालय बाट टाढा छन् । सामाजिक मुल्यमान्यता भौगोलिक कारण र पारिवारिक स्थिितिले बालिकाहरु विद्यालय देखि नै पहुच बाट पर छन् उनिहरु अशिक्षीत हुनाले नै मानव वेचविखन जसता जघन्य अपराधको सिकार बन्न पुगेका छन् । किशोरीहरुको क्षमता र नेतृत्व विकासका लागि उक्त किशोरीहरुकै अगुवाईमा बहसमुलक कार्यक्रम सञ्चालन गरिएको रेडियो म्याग्दीका स्टेशन संयोजक गोपाल छन्त्यालले जानकारी दिनुभयो ।

रञ्जना श्रेष्ठ