मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

  • २६ आश्विन २०७४, बिहीबार
  • 2623 पटक पढिएको

म्याग्दी, २६ असोज । नेशनल लाईफ ईन्सुरेन्स कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका एक बिमीतका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ ।

गत मंसिरमा बेनीबाट घारतर्फ जादै गरेको जिप कालीगण्डकी नदीमा खसेर दिवंगत भएका अन्नपूर्ण गाउँपालीका ६ घारका रमेश खड्काको परिवारलाई बुधबार बिमा दावी रकम हस्तान्तरण गरिएको हो ।

पोखरेबगरमा आयोजित कार्यक्रममा कम्पनीका म्याग्दी शाखा प्रमुख प्रकाश त्रिपाठीले मृतक खड्काकी श्रीमती आशालाई नगद १२ लाख ३६ हजार ६०० रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो । खड्काले एक पटक मात्र ५० हजार १५० रुपैया प्रिमीयम शूल्क तिर्नुभएको थियो ।