ताजा अपडेट
कृषी उपज ढुवानी गर्न सवारी साधन खरिद
- 7 बर्ष, 10 महिना अगाडि
- २० असार २०७४, मंगलवार
म्याग्दी २० असार । कृषी उपज ढुवानी गर्न म्याग्दीका कृषकहरुले सवारी साधन खरिद गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बेनी नगरपालीकामा गठित म्याग्दीकाली तरकारी बल्क सञ्चालक समितिले जिप खरिद गरेर ढुवानी सेवा सुरु गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सञ्चालक... पुरा पढ्नुहोस
बेनीमा जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण
- 7 बर्ष, 10 महिना अगाडि
- २० असार २०७४, मंगलवार
म्याग्दी, २० असार । म्याग्दीको बेनीमा करिब रु दुई करोडको लागतमा जनस्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत रु एक करोड ८७ लाखको लागतमा २० कोठे भवन निर्माण गरेको हो । २०७० असोजमा २०७२ असार मसान्तसम्म सक्ने लक्ष्यसहित भवन निर्माण सुरु... पुरा पढ्नुहोस
रोग पहिचानका लागि सहयोग
- 7 बर्ष, 10 महिना अगाडि
- १९ असार २०७४, सोमबार
म्याग्दी, १९ असार । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले दाँत सम्बन्धि जटिल समस्याबाट थलीएका एक युवालाई सोमबार आर्थिक सहयोग गरेको छ । देब्रेतर्फको दाँतमा समस्या गराईरहेका अन्नपूर्ण गाउँपालीका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको रोग पहिचानका लागि दश हजार रुपैया सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष... पुरा पढ्नुहोस
पश्चिम म्याग्दीको यातायात बाढी पहिरोले प्रभावित
- 7 बर्ष, 10 महिना अगाडि
- १९ असार २०७४, सोमबार
म्याग्दी, १९ असार । बर्षासंगै बाढी पहिरोले म्याग्दीको पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । अबिरल बर्षाले सडक माथिबाट पहिरो र बाढीले बेनी–दरबाङ सडक खण्डको विभिन्न ठाउँको सडक अबरुद्ध हुन थालेको हो । सडकखण्ड अन्र्तगत फापरखेत र सिमलचौरको कस्केरीमा पटक पटक सडक अबरुद्ध हुन थालेको छ । सिमलचौर, मिठौला–खानीगाउँ–... पुरा पढ्नुहोस
पात्लेखर्कका राज आर्चरीमा चम्कदै (फोटो फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- १९ असार २०७४, सोमबार
म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका राज पुर्जा मगर आर्चरी (ताराखेल) खेलमा राष्ट्रिय च्याम्पिएनसिप बन्न सफल हुनुभएको छ । पात्लेखर्क घर भई हाल पोखरा लामाचौर बस्दै आएका पुर्जा पोखरामा रहेको अन्नपूर्ण आर्चरी क्लबमा आबद्ध छन् । सो क्लबबाट प्रतिनिधित्व गर्दै राजधानी पत्रिकाले आयोजना गरेको राष्ट्रिय आर्चरी प्रतियोगितामा सहभागि... पुरा पढ्नुहोस
निर्वाचन क्षेत्र र साँसद विकास कोषका योजनाहरुको अनुगमन (फोटो फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७४, आईतवार
म्याग्दी, १८ असार । चालु आर्थिक बर्ष २०७३÷०७४ मा म्याग्दी जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र साँसद विकास कोष मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरिएको छ । जिल्ला समन्वय समिति मार्फत कार्यान्वयनमा ल्याईएका ति योजनाहरुको म्याग्दीका साँसद तथा सरोकारवालाहरुको टोलिद्धारा अनुगमन गर्न थालिएको हो । आईतवार... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तह कानुन र बजेट निर्माणको तयारीमा
- 7 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७४, आईतवार
बेनी १८ असार । म्याग्दीका स्थानीय तहको कानुन र बजेट निर्माणको तयारी भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु कानुनसंगै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेका हुन् । यसैक्रममा आईतबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहको कानुन र बजेट... पुरा पढ्नुहोस
म्याग्दीका सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय विस्तार
- 7 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७४, आईतवार
बेनी १८ असार । म्याग्दीका ११ वटा सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय जडान भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाल ईलाईब्रेरी फाउण्डेशन संगको सहकार्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को संयोजनमा विद्युतीय पुस्तकालय जडान भएको हो । यसअघि ११ वटा सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन भएको थियो । दोस्रो चरणमा जनकल्याण... पुरा पढ्नुहोस
अपाङ्गलाई बाख्रापालनका लागि अनुदान वितरण
- 7 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७४, आईतवार
बेनी १८ असार । बेनी नगरपालीका, मंगला र रघुगंगा गाउँपालीकाका अपाङ्गहरुलाई आईतबार बाख्रापालनका लागि अनुदान वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालयको सहयोगमा अपाङ्ग संघ म्याग्दीले बिस जना अपाङ्ग र अपाङ्गता भएकाको परिवारलाई बिस हजार रुपैयाका दरले अनुदान उपलब्ध गराएको हो । अपाङ्गता भएका व्यक्तिहरुका लागि पशुपालन मार्फत आयआर्जनमा... पुरा पढ्नुहोस
अपाङग संघको सामाजिक परिक्षण
- 7 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७४, आईतवार
बेनी १८ असार । अपाङ्ग संघ म्याग्दीले आर्थिक वर्ष २०७३७४ मा सञ्चालन गरेका कार्यक्रमको आईतबार बेनीमा सामाजिक परिक्षण गरिएको छ । आईएनएफ नेपालको सहयोगमा आयोजित कार्यक्रममा संस्थाद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत कार्यक्रम, बजेट, उपलब्धि र प्रभावकारीताको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।संघले अपाङ्गता भएका ब्यक्तिहरुको जिवनयापनलाई सहज बनाउने, आयआर्जन, शिक्षा,... पुरा पढ्नुहोस