पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग
- २६ आश्विन २०७४, बिहीबार
- 2621 पटक पढिएको
म्याग्दी, २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ । दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो ।
म्याग्दी प्रवासी नेपाली संघ मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सरस्वती आधारभुत प्राबीकी प्रअ कमला केसी, श्याम पुन र ज्ञान प्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जालाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले मंगलबार बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसलाई एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको थियो ।
शारिरीक रुपमा अपाङगता भएका पुर्जाले बेलायत सरकारले पेन्सन वापत दिने रकमबाट खर्च कटाएर हालसम्म म्याग्दीका ९ वटा शैक्षिक संस्थालाई करिब दश लाख रुपैया सहयोग गर्नुभएको छ ।
दरवाङको जनप्रिय मावि, भुरुङतातोपानीको सर्वोदय मावि, बेनी सामुदायीक मावि, बिमको किसानी मावि, बेगको महादेव मावि, चिमखोलाको अमर माविलाई एक/एक लाख रुपैया नगद सहयोग गर्नुभएका पुर्जाले दानाको ज्ञानप्रकाश उच्च माविलाई २ लाख २० हजार १८० रुपैया सहयोग गर्नुभएको थियो ।