ताजा अपडेट

थासाङको कोवाङमा बृहत सरसफाई

मुस्ताङ,२२,असार । ‘हिमालपारी जिल्ला मुस्ताङको अभियान,पूर्ण सरसफाईमा लगाउ सबैको ध्यान’ भन्ने उद्घोष सहित १० वटा स—साना गाउँहरु मिलेर बनेको साविकको कोवाङ गाविस हालको थासाङ गाउँपालिका वडा नं.२ मा बिहिवार बृहत सरसफाई भएको छ। वडालाई पूर्ण प्रदुषणमूक्त बनाउँने उद्देश्यले थासाङ गाउँपालिका वडा नं.२ ले कोवाङले सरसफाई अभियान संञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी बढुवा

म्याग्दी, २२ असार । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी बढुवा भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले न्यायपरिषदको सिफारिस अनुसार सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार जस्तो गरिमामय पदमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी नहकुल सुवेदी नियुक्त भएका हुन्् । सुवेदी... पुरा पढ्नुहोस

तोरिपानीमा टिम्मुर खेती विस्तारको लागि विरुवा बितरण (फोटो फिचर)

म्याग्दी, २२ असार । म्याग्दीको बेनी नगरपालीका– ९ तोरीपानीका कृषकलाई टिम्मुर खेती विस्तारका लागि बिहीबार बिरुवा वितरण गरिएको छ । टिम्मुर खेतीको अवस्था, समस्या र सम्भावनाको विषयमा सरोकारवालाहरुबीच छलफल समेत भएको छ । ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले चार हजार टिम्मुरका बिरुवा उपलब्ध गराएको हो... पुरा पढ्नुहोस

बागलुङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बागलुङ, असार २२ गते । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रेशदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ध१ज १८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी काठेखोला गाउँपालिका–७ का २५ वर्षीय लालबहादुर थापा र सोही ठाउँका आठ वर्षीय दीपक कार्कीको ज्यान गएको... पुरा पढ्नुहोस

सेवा विस्तारमा टेलिकमः ‘बावियाचौर र तिब्ल्याङमा थ्रीजि’

म्याग्दी, २१ असार । नेपाल टेलिकमले म्याग्दीका विभिन्न स्थानमा टावर निर्माणसँगै सेवा विस्तार गरेको छ । रघुगंगा गाउँपालिकाको पाखापानी, अन्नपूणको दाना, धवलागिरिको ताकममा नयाँ टावर निर्माण भएपछि दर्जन भन्दा बढी बस्तीमा सेवा विस्तार भएको हो । ती ठाउँहरुमा यसअघि मोवाइलमा टावर नआउने, कुरा गर्दा बीचमा काटिने जस्ता समस्या थियो ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी २१ असार । पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानाको काभ्रेभिर, लाटोखोला, जलथले र भुरुङ तातोपानीमा खसेको पहिरोका कारण बुधबार बिहानदेखि सडकको पोखरेबगरदेखि घासाँ खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका स्थानीय... पुरा पढ्नुहोस

यसरी उर्लियो कालिगण्डकी नदीको भेलः बस्ती जोखिममा(फोटोफिचर)

म्याग्दी, २१ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो । मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् तर मनसुन परिरहदाँ नदीको आसपासमा रहेका बस्तीहरु जोखीममा दिन कटाउन बाध्य... पुरा पढ्नुहोस

पाखापानीमा टेलिकमको सेवा विस्तार

म्याग्दी २१ असार । म्याग्दीको रघुगंगा गाउँपालीका –६ पाखापानीमा नेपाल टेलिकमले मोवाईल टावर स्थापना गरेर मंगलबारदेखि सेवा विस्तार गरेको छ । पाखापानी स्थित कमनाथ गाउँको डाँडामा रहेको टावर सञ्चालनमा आएपछि पाखापानी, कोटगाउँ, ठाडाखानी, रायखोर, चिमखोला, दर्मीजा र कुईनेमंगलेमा टेलीकमको सेवा विस्तार भएको हो । यसअघि मोवाईल टावर नहुँदा पाखापानी र... पुरा पढ्नुहोस

नगरपालिका क्षेत्रमा निर्वाचन क्षेत्र र साँसद विकास कोषका योजनाको अनुगमन

म्याग्दी, २१ असार । चालु आर्थिक बर्ष २०७३÷०७४ मा बेनी नगरपालिका क्षेत्रमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र साँसद विकास कोष मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरुको अनुगमन गरिएको छ । निर्वाचन क्षेत्र र साँसद बिकास कोष मार्फत भवन निर्माणको योजना परेको गलेश्वर मावि तोरीपानी, पौलश्य मावि भिरमुनी, विद्यामन्दिर आधारभुत... पुरा पढ्नुहोस

गलेश्वर –राखु सडक कालोपत्रेका लागि डिपिआर तयार गरिँदै

म्याग्दी, २० असार । म्याग्दीको बेनी नगरपालिकाको गलेश्वरहुँदै राखु जोड्ने सडक खण्डमा कालोपत्रे गर्नका लागि डिपिआर तयार गर्न लागिएको छ । कालोपत्रे आयोजनाको लागि बिस्तृत आयोजना प्रतिबेदन तयार गर्ने कार्य अन्र्तगत मंगलवार प्रारम्भिक सर्बेक्षण तथा फिल्ड भिजिट गरिएको छ । डिपिआरको मरामर्श दाता कम्पनी सिईआरसि, जिईओसिओ एण्ड पार्थले ईन्जिनियरहरु खटाएर... पुरा पढ्नुहोस