ताजा अपडेट

गठबन्धन फेरबदल : एमाले –माओवादी केन्द्रसँग एकता, नभए तालमेल

 आश्विन १७, २०७४-दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । एमालेले... पुरा पढ्नुहोस

म्याग्दीका राजनितिक दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा

म्याग्दी १७ असोज । म्याग्दीमा क्रियाशिल राजनितिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् ।२०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका... पुरा पढ्नुहोस

बेगखोलामा आएको बाढीले ट्याक्सी बगायो

म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले... पुरा पढ्नुहोस

दशैँको विदा : मुस्ताङको भम्रण गर्ने बढेपछि बेनीका होटल भरीभराउ

म्याग्दी, १७ असोज । बेनी–जोमसोक सडक हुदै हिमाल पारिको जिल्ला मुस्ताङको भम्रण गर्ने आन्तरिक पर्यटकहरु बढेका छन् । दशैँको विदालाई सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने प्रर्यटकहरुको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रका होटलहरु भरीभराउ भएका हुन् । दशैँको टिकाको भोलीपल्टदेखि मुस्ताङ भम्रणमा आउनेहरुको भिड बढेसंगै होटल भरीभराउ भएको... पुरा पढ्नुहोस

जयन्ती माविका भवन निर्माणको लागि यूएईबाट १ लाख १० हजार सहयोग ( नामावली सहित )

म्याग्दी, १७ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन जयन्ती माविको भवनलाई युएईमा रहेका म्याग्देलिहरुले सहयोग गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युएईको अगुवाई र जयन्ती मावि भूपु विद्यार्थी संघ युएईका संयोजक होम क्षेत्रीको सक्रियतामा रु १ लाख बढी रकम विद्यालयलाई सहयोग गरिएको हो... पुरा पढ्नुहोस

कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते

बेनी, १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा... पुरा पढ्नुहोस

दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या

बाबियाचौर, म्याग्दी १५ असोज (रासस) म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन... पुरा पढ्नुहोस

मौवाफाँटमा दशैँमा गाउँ फर्किएकालाई रोटेपिङको मनोरञ्जन (फोटो फिचर)

म्याग्दी, १३ असोज ।  दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा भने लिंगे पिङ र रोटेपिङले चहलपहल बढाएको छ । शहरबजारबाट दशैँ मनाउन गाउँ फर्किएकाहरु समेत लिङ्गे पिङ र रोटेपिङ( चमच्चा)मा चढेर आनन्द लिईरहेका छन् । स्थानीय अगुवाहरुको पहलमा लोपउन्मुख... पुरा पढ्नुहोस

दशैँको नवमी : म्याग्दीका कोतघरहरुमा बलि दिईयो( फोटो फिचर)

म्याग्दी, १३ असोज । बडा दशैँको महानवमीका दिन आज म्याग्दीका कोतघरहरुमा बलि दिएर पुजाआजा गरिएको छ । म्याग्दीको राखु भगवती, मौवाफाँट, पिप्ले लगायतका शक्तिपीठमा बलिसहित पूजा आराधना गरिएको हो । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा देवीको पूजा आराधना समेत गरियो । आजको दिन कलपूर्जा, हातहतियार... पुरा पढ्नुहोस

आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

१२ असोज, काठमाडौं । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने... पुरा पढ्नुहोस