शिखको घोस्टेखोर लघुजलविद्युतको परिक्षण उत्पादन सफल

  • २० माघ २०७४, शनिबार
  • सन्तोष गौतम
  • 2199 पटक पढिएको

 

बेनी २० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखका पर्यटकीय स्थलमा विद्युत आपुर्तीका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत परियोजनाको परिक्षण सफल भएको छ । ५० किलोवाट क्षमत्ताको परियोजनामा जडान गरिएको जेनेरेटर र टवाईनको परिक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाईजाले बताउनुभयो ।

विद्युतगृह बनाएपछि फागुन पहिलो हप्तादेखि परियोजना नियमित सञ्चालनमा आउने उहाँले बताउनुयभो । गत पुष दोस्रो साता सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान हिेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । ढाँडखर्क, बयली र खोप्राको सामुदायीक लजमा विद्युत आपुर्तीका लागि स्थानीयबासीको पहलमा चार वर्षअघि देखि परियोजना निर्माण सुरु भएको थियो । सरकारी निकायबाट न्युन मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाईजा र सूचना प्रबिधिका अभियन्ता महाबिर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ ।

एक करोड पचास लाख रुपैया लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिदाँ दुई करोड भन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१७२ मा तत्कालीन जिल्ला समन्वय समितिले दश लाख रुपैया अनुदान उपलब्ध गराएको थियो । भौगोलिक बिकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाईजाले बताउनुभयो ।

सामुदायीक लज सञ्चालक समितिले बैङ्कबाट ऋण लिएर परियोजना सम्पन्न गर्ने तयारी गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ ।पर्यटकको सुबिधा र गाउँका सामुदायीक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायीक लज सञ्चालन गरिएको हो । विद्युत अभावमा पर्यटकलाई अपेक्षाकृत सुबिधा उपलब्ध गराउन कठिन भएको थियो ।

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रिय प्रशारण लाईनको सम्भावना नभएपछि लघुजलविद्युत परियोजना मार्फत विद्युत सुबिधा पु¥याउन लागिएको हो । विद्युतसंगै ईन्टरनेट, मोवाईल लगायत सञ्चार सुबिधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

 

सन्तोष गौतम