वेष्ट पोइन्टमा अभिभावक अन्तरक्रिया कार्यक्रम

  • २१ माघ २०७४, आईतवार
  • 1341 पटक पढिएको

मम्याग्दी, २१ माघ । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अभिभाबक अन्तरक्रिया सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुका अभिभाबकहरुका लागि अन्तरक्रिया गरिएको हो । माघ १९ गते शुक्रबार भएको कार्यक्रममा ८८ जना अभिभाबखारू उपस्थित रहेको विद्यालयले जनाएको छ ।

कक्षा ११ र१२ मा समेत यस वर्ष देखि लागु भएको ग्रेडिङ्ग प्रणाली, बिद्यार्थीहरुको नियमित उपस्थिति र त्रैमासिक परीक्षाको नतिजा बिस्लेशण लगायतका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा अभिभाबकहरूले अन्तरक्रिया नियमित रुपमा धेरै पटक गर्नु पर्ने समेत सुझाब दिएका छन् ।

कार्यक्रम वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिबकुमार श्रेष्ठको अध्यक्षता कलेजका भाइस प्रिन्सिपल गोबिन्द सुबेदीको स्वागत तथा बिषय प्रवेश, प्राध्यापक बिजयकुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठले गर्नुभएको वेस्ट पोइन्ट मिडियाहबले जनाएको छ ।