यातायात ब्यवसायी महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका श्रेष्ठ विजयी

  • २० माघ २०७४, शनिबार
  • 1985 पटक पढिएको

म्याग्दी, २० माघ । चितवनमा सम्पन्न नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका यातयात व्यवसायी सुमन श्रेष्ठ बिजयी हुनुभएको छ ।

शुक्रवार सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रिय सदस्यमा श्रेष्ठ अत्याधिक मतले विजय हुनुभएको हो । म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव समेत रहेका श्रेष्ठ ले १२० मत प्राप्त गरि बिजयी हुनुभएको हो ।

यातायात ब्यवसायी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष समेत रहेका श्रेष्ठ म्याग्दी जीप तथा बस सञ्चालक समितिमा सचिब र म्याग्दीकाली यातायात व्यवसायी समितिमा समेत आबद्ध हुनुहुन्छ ।