बेनीमा सिद्धार्थ बैकंको शाखा स्थापना

गलेश्वर जेष्ठ नागरिक आश्रमलाई दूई लाख ११ हजार सहयोग

  • २१ माघ २०७४, आईतवार
  • धिरन खत्री
  • 1885 पटक पढिएको

म्याग्दी,२१ माघ । म्याग्दीको सदरमुकाम बेनीमा सिद्धार्थ बैकंको शाखा स्थापना गरिएको छ। बैंकको आईतबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले संयुक्त रुपमा बैंकको उद्घाटन गरेका हुन् ।


शाखा बैंक उद्घाटन गर्दै मेयर श्रेष्ठले लगानीको सुरक्षासंगै ग्राहकलाई दिईने सेवासुविधा प्रभावकारी बनाउन आग्रह गरेका थिए । युवाहरुलाई स्वारोजगार बनाउने वातावरण सिर्जना गर्नका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्न बैंकलाई जोड दिएका थिए । त्यस्तै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले बैंक व्यवसायिहरुका लागि पुल भएको हुदाँ सरल तरिकाले युवा ब्यवसायीलाई कर्जा उपलब्ध गराउन आग्रह गरेका थिए ।


शाखा उद्घाटनको अवसरमा बैंकले गलेश्वर जेष्ठ नागरिक आश्रमलाई दुइलाख ११ हजार एकसय एघार रुपियाँको अक्षयकोष स्थापना गर्दै कोषका अध्यक्ष रुद्रवहादुर कार्कीलाई सो सहयोग रकम हस्तान्तरण गरिएको थियो ।


बैंकका सहायक सिइओ सुन्दर कँडेलले संचालनमा भएको कार्यक्रममा बैंकका संचालन समितिका सदस्य विरेन्द्रप्रसाद शाह र दिनेशशंकर पालिखे उद्घाटन कार्यक्रममा उपस्थित भएको थियो । बैंकले बेनी शाखा सँगै देशभर ९५ शाखा सञ्चालनबाट पाँचलाख ग्राहक मार्फत ८७ अरब निक्षेप संकलन गरेको जानकारी दिएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l