एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रदेश अध्यक्षमा ढुङ्गाना

  • २१ माघ २०७४, आईतवार
  • सन्तोष गौतम
  • 1209 पटक पढिएको

म्याग्दी, २१ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ४ को अध्यक्षमा म्याग्दीका सोमनाथ ढुङ्गाना निर्वाचित हुनुभएको छ ।

पोखरामा शनिबार सम्पन्न प्रथम प्रदेश सम्मेलनले बेनपा ६ मा रहेको जामुनाखर्क माविको प्रअ ढुङ्गानाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटि चयन भएको हो । कमिटीको उपाध्यक्षमा म्याग्दीकै मनोज पौडेल, सदस्यहरुमा चिरञ्जिवी बोगटी र दण्डपानी सापकोटा निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित ढुङ्गानाले शिक्षकहरुको पेशागत हक हितको संरक्षणका साथै शैक्षिक गुणस्तर सुधार र स्थानीय तहको शैक्षिक निती निर्माणमा संगठनको भुमिकालाई सक्रिय बनाउने बताउनुभयो ।

सन्तोष गौतम