Uncategorized
म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
[caption id="attachment_46878" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] गलेश्वर १६ पुस । म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष... पुरा पढ्नुहोस
फेरियो दुर्गम बोबाङको मुहार
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
ढोरपाटन, १६ पुस । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन ।... पुरा पढ्नुहोस
पर्वतमा बाँदर आतङ्क : किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे
- 2 बर्ष, 6 महिना अगाडि
- १२ पुष २०७९, मंगलवार
पर्वत १२ पुस । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले... पुरा पढ्नुहोस
नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी
- 2 बर्ष, 6 महिना अगाडि
- ६ पुष २०७९, बुधबार
म्याग्दी ६ पुस । म्याग्दीका युवा सुजन बरुवालको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सन २०२३ का लागी हुन लागेको निर्वाचनमा म्याग्दीबाट बरुवालले राष्ट्रिय राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिनुभएका हो । सन २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष समेत भैसक्नुभएका बरुवालले यस बर्ष पुस ७ देखि १० गतेसम्म... पुरा पढ्नुहोस
म्याग्दीमा मतदान सुरु, निर्वाचनमा मतदाताको विहानैदेखि उत्साहपूर्ण सहभागिता (तस्विर सहित)
- 2 बर्ष, 7 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
बेनी ४ मंसिर । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि विहान सात बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागीता रहेको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान... पुरा पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुदमा भलिबल दर्शकका लागि सर्वाधिक प्रिय
- 2 बर्ष, 8 महिना अगाडि
- ३ कार्तिक २०७९, बिहीबार
म्याग्दी, ३ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन् । घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन् । स्कुले जीवनमा थापाले भलिबल खेले पनि जिल्ला र क्षेत्रीय प्रतियोगितामा भने कहिल्यै सहभागी नभएकी उनमा भलिबलप्रतिको रुचि भने अहिले पनि उत्तिकै छ... पुरा पढ्नुहोस
नवौ राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा तेक्वान्दो प्रतियोगिता शुरु
- 2 बर्ष, 8 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
म्याग्दी, २८ असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखि म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले... पुरा पढ्नुहोस
असोजमै हिमपात, लघुजलविद्युतको मुहान बाढीले बगाएपछि गुर्जा अन्धकार
- 2 बर्ष, 9 महिना अगाडि
- २० आश्विन २०७९, बिहीबार
[caption id="attachment_56159" align="alignnone" width="640"] गुर्जा गाउँकाे फाइल तस्बिर ।[/caption] बेनी, २० असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा मध्य असोजमै हिमपात भएको छ । दुई दिनदेखि जारी अबिरल बर्षाको कारण बढेको चिसोसंगै गुर्जा गाउँको नजीकका डाँडाहरुमा आज दिउँसोदेखि हिमपात भएको हो । असोज महिनामा नै हिमपात भएको यो पहिलो पटक भएको... पुरा पढ्नुहोस
काठमाडौं १ बाट चुनाव लड्ने रवीन्द्र मिश्रको घोषणा
- 2 बर्ष, 9 महिना अगाडि
- १४ आश्विन २०७९, शुक्रबार
असोज १४, काठमाडौं ।केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन्। राप्रपाका बरिष्ठ उपाध्यक्ष रहेका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन्। उनी २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका थिए।... पुरा पढ्नुहोस