यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा पुग्न सफल

  • २ चैत्र २०७९, बिहीबार
  • 341 पटक पढिएको

काठमाडौं २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

 

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।