विशेष

रघुगंगामा बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक

म्याग्दी ५ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयको सेवा क्षेत्रलाई विभिन्न टोलमा विभाजन गरि स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि कैकल्पिक शिकाई सहजीकरण सुरु... पुरा पढ्नुहोस

म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लिद्धारा यायायात व्यवसायीलाई रु १२ लाख राहत

म्याग्दी ५ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यातायात व्यवासायिहरु समेत समस्यामा परेपछि म्याग्दी यातायात व्यवसायी कम्पनीले प्रा.लि.ले रु १२ लाख राहत वितरण गर्ने भएको छ । प्रा.लि.मा आबद्ध १ सय ६० जना व्यवसायिलाई प्रति सदस्य रु ७ हजार ५ सयका... पुरा पढ्नुहोस

पर्वतमा ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको ओपिडि सेवा बन्द

पर्वत ५ असार । पर्वतमा कोरोना संक्रमणको जोखिम बढेको छ । भारतको सिमानाका हुँदै आएकाहरुमा कोरोना संक्रमण देखिएकोमा पहिलो पटक अस्पतालका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको हो । पर्वतको जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५... पुरा पढ्नुहोस

आमाको पुण्यतिथिमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–१० वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिमा म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष समेत रहनुभएकी समाजसेवी बिमला गौचन मार्फत सो राहत... पुरा पढ्नुहोस

भीरमुनिमा बन्यो स्तरिय खेलमैदान (तस्बिर/ भिडियो)

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–५ भीरमुनिमा खेलमैदान निर्माण भएको छ । खेलमैदान निर्माण भएसंगै स्थानीय युवा र बालबालिकाहरुलाई खेल अभ्यासको लागि सहजता मिलेको छ । https://www.youtube.com/watch?v=AyhimJ630ac प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाको निर्वाचन क्षेत्रविकास कार्याक्रम अन्र्तगतको रु १० लाख बजेटबाट ४५ मिटर लम्बाई र २४ मिटर चौडाइ भएको खेलमैदान... पुरा पढ्नुहोस

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो

पर्वत ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर वेपत्ता एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी... पुरा पढ्नुहोस

म्याग्दीका थप १५ जनाकाे स्वावको पीसीआर रिपोर्ट नेगेटीभ

म्याग्दी, २ असार । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाव पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जेठ २५ गते पीसीआरका लागी स्वाब नमुना संकलन गरिएका भारतबाट आएका १२ जना, एम्बुलेन्स चालक एक र मजदुर दुई जना गरि १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय... पुरा पढ्नुहोस

होटललाई डिजीटलाइज गर्न येस्सूनर एप

सन्दिप शर्मा म्याग्दीे । म्याग्दीमा होटल वयवसायिहरुलाई एकिकृत गर्न येस्सुनर एप आउने भएको छ । जिल्ला भित्र सञ्चालित होटलहरुलाई डिजिटलाइज गर्ने उदेश्यका साथ येस्सूनर एप ल्याउन लागिएको एपका म्याग्दी कोअडिनेटर प्रज्वल शर्माले बताउनु भयो । यो एपमा होटलहरुको विवरण, होटलको कोठाको फोटा, होटलमा उपल्ब्ध हुने खानाको परिकारहरुको विवरण र शुल्क,... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने

म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारले ल्यायो ३४ अर्ब बढीको बजेट (पूर्णपाठसहित)

पोखरा १ असार । गण्डकी प्रदेश सरकारले सोमबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा रु ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका हुन् । चालूतर्फ १४ अर्ब ३४ करोड... पुरा पढ्नुहोस