म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
- ३० आश्विन २०७७, शुक्रबार
- 791 पटक पढिएको
म्याग्दी ३० असोज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएका हो ।
उनी संगै गण्डकी प्रदेशमा थप भएका ३० जना संक्रमितलाई पोखरामै आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५०१ पुगेको छ ।