अखिल (क्रान्तिकारी) धौलागिरी ब्युरोद्धारा विध्यामन्दिर माविलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग

  • २९ आश्विन २०७७, बिहीबार
  • 1137 पटक पढिएको

म्याग्दी २९ असोज । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धौलागिरी ब्युरोले विध्यामन्दिर माध्यमिक विद्यालय बागलुङलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग गरेको छ । संगठनले ३५० थान स्यानिटाइजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटवल, १ थान ब्याडमीण्टन, १ थान भलिबल नेट लगायतका सामाग्री सहयोग गरेको जनाएको छ ।


सहयोग हस्तान्तरण गर्दै अखिल(क्रान्तिकारी) का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकले विद्यार्थीहरुको हकिहितमा काम गर्ने र संधै विद्यार्थीहरुको पक्षमा संगठनले नेतृत्व गर्ने बताउनुभयो । अखिल (क्रान्तिकारी) धौलागिरी व्युरोका संयोजक सुरेन्द्र बस्नेतको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।