दशैँ र तिहार पर्वको मौलिकता समेटीएको म्युजिक भिडियो सार्वजनिक

  • १ कार्तिक २०७७, शनिबार
  • 2293 पटक पढिएको

म्याग्दी १ कात्तिक । नेपालीहरुको महान पर्व दशैँ र तिहारका परम्परागत संस्कृतिको झल्को दिने म्युजिक भिडियो सार्वजनिक भएको छ । खासगरि दशैँ र तिहार पर्वको छुट्टाछुट्टै गीत र म्युजिक भिडियो बनाउने प्रचलनको विकास भएको सन्दर्भमा म्याग्देली कलाकारहरुले दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीतलाई म्युजिक भिडियो सहित बजारमा लयएका हुन् ।


क्रियटिभ मिडियाको युटुब च्यानल मार्फत बजारमा ल्याईएको ‘मयाँले’ नाम दिइएको सो गीतमा म्याग्दीमा परम्परागत रुपमा गाइने तर पछिल्लो समय लोपउन्मुख बनेका भाका र शब्दहरुलाई समेटीएको छ । गीतमा म्याग्देली गायक गायीकाहरु सम्बोज मल्ल, धु्रव जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, शान्ता बर्देवा, बसन्ती थापाको स्वर रहेको छ । प्रकाश दुतराजको लय तथा संगीत संयोजन रहेको गीतलाइ अर्जुन थापाले एरेन्ज गरेका हुन् ।

गीतको म्युजिक भिडियो म्याग्देली युवा निर्देशक एवम् भिडियोग्राफर भुपेन बानियाँले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा धु्रव जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, सुनिल बानियाँ, विविदजंग थापा, जिवन कार्की, नविन बानियाँ, निर्देश चोखाल लगायत बालकलाकारहरुले समेत अभिनय गरेका छन् ।