विशेष

जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा छोरा र भाईको जन्मदिनको खर्च अपांगता भएका घिमिरेलाई सहयोग

म्याग्दी २२ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसी(खत्री)ले आफ्नो छोरा र भाईको जन्मदिनको अवसरमा अपांगता भएका कृष्णबहादुर घिमिरेलाई सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले छोरा अप्सन र भाई किसोरको जन्मदिनको अवसरमा बेनी नगरपालिका–२ ज्यामरुकोट, आम्बोटका अपांगता... पुरा पढ्नुहोस

म्याग्दी बचत तथा ऋण सहकारीको साधारणसभा, अध्यक्षमा पुन चयन

म्याग्दी २२ मङ्सिर । काठमाण्डौमा म्याग्देलीहरुद्धारा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभाबाट थदेवी पुनको नेतृत्वमा १५ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरिएको छ । सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, धनलाल जैशी, सचिव दिपबहादुर छन्त्याल, कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सह–सचिव टकबहादुर थापा, सह–कोषाध्यक्ष छकप्रसाद... पुरा पढ्नुहोस

भ्रमण बर्षलाई लक्षित गरि गलेश्वरदेखि कालिगण्डकीमा ¥याफ्टिङ सञ्चालनको तयारी (भिडियो सहित)

म्याग्दी २० मङ्सिर । नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि म्याग्दी हुँदै बग्ने कालिगण्डकी नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने तयारी गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरि सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रमा पर्यटन विकासको लक्ष्य सहित गलेश्वरदेखि ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । https://www.youtube.com/watch?v=ewnfqAPmHeQ&t=16s नियमित... पुरा पढ्नुहोस

विद्यार्थीलाई जाडोमा लगाउने स्विटर वितरण, मिर्गौला पिडित परियारलाई १० हजार हस्तान्तरण (तस्बिर सहित)

म्याग्दी १९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बुजबुजे स्थित देउराली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । साझापानी घर भई हाल अमेरिकामा रहनुभएका शेरबहादुर भण्डारी (किसान) र ज्ञानु भण्डारीको घरपरिवारले विद्यालयमा अध्ययतरत ६७ जना विद्यार्थीहरुलाई स्विटर सहयोग गर्नुभएको हो । भण्डारीको घरपरिवारबाट विहिवार एक कार्यक्रमका बिच... पुरा पढ्नुहोस

रिजालहरुको कुलपुजाको अवसरमा लिंगपुराण आयोजना

म्याग्दी १८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको राखु भगवती स्थित ढाँणपानीमा कुल पुजा गर्दै आएका रिजालबन्धुहरुले यस बर्ष लिंगपुराण गर्ने भएका छन् । बलिप्रथालाई हटाएर पुराण आयोजना गरि कुला पुजा गर्न थालेका रिजाल समुदायले यस बर्षको कुलपुजाको अवसरमा लिंगपुराण आयोजना गरेका हुन् । मंसिर २० गतेदेखि सुरु हुने पुराण २६... पुरा पढ्नुहोस

धान काट्न मेसिन, दाँइ गर्ने गोरु

धिरन खत्री म्याग्दी, १८ मंसिर । पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन् । गोरु र धेरै संख्यामा खेतालाहरु प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय कृषकले मिनिटेलर, थे्रसर र धान काट्ने मेसिनको माग बढाएका हुन् ।मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका भिमबहादुर बुढाथोकीले... पुरा पढ्नुहोस

लमसुङ र खोरिया पहिरोः व्यवस्थापनको चुनौती

याम पुन म्याग्दी १६ मङ्सिर । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का दुई ठूला पहिरो देख्दा जो कोही अचम्मले जिब्रो टोक्छन् । पहिरोले प्रत्यक्ष प्रभावित दुई गाउँ ढोरपाटन जाने नाका हो । ढोरपाटन जाने मोटरबाटोका लागि यही वडामा ट्रयाक खोल्ने काम भइरहेको छ । तर अजंग समस्याको रुपमा पहिरो लमतन्न पसारिएको छ... पुरा पढ्नुहोस

न्यू देउराली युथ क्लब सामाजिक कार्यमा सक्रिय, गाउँमा सडकबत्ति जडान

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा रहेको न्यू देउराली युथ क्लबले सामाजिक कार्यमा सक्रियता देखाएको छ । अध्ययन र रोजगारिको शिलसिलामा प्रवासमा पुगेका युवाहरुको पहलमा स्थापना भएको सो क्लबले खेलकुद गतिविधिसंगै सामाजिक कार्यहरुमा अगुवाई गर्न थालेको हो । हालै तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकममा थप... पुरा पढ्नुहोस

पखेरका रसिला सुन्तला, फुलवारीमै पुग्नथाले व्यापारी (फोटो कथा)

तारा बानियाँ बावियाचौर, १५ मङ्सिर । म्याग्दीको मंगला गाउँपालिका– ३ पखेरका स्थानियले गरेको सुन्तला खेती । ७० घरधुरीको बसोबास रहेको पखेर सुन्तला उत्पादनको पकेट मानिन्छ । यहाँका करिब दुई दर्जन बढी घरधुरीमा व्यवसायिक सुन्तला खेति गरिएको छ । अहिले यहाँका बोटमा लटरम्म सुन्तला फलेको छ । यहाँका कृषकको फुलवारीबाटै सुन्तला... पुरा पढ्नुहोस

१८ औँ जेसीज कप फुटवलको फाईनलमा वेष्ट प्वाइन्ट र बृद्ध एकेडेमी बिच भएको प्रतिस्पर्धा ( भिडियो र तस्बिर सहित)

बेनी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तररले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो । https://www.youtube.com/watch?v=_XpPeLRaKtA&t=2s जेसीजकप फुटवलमा वेष्ट प्वाइन्टले... पुरा पढ्नुहोस