विशेष

अन्नपूर्ण गाउँपालिकाको तीन वटा बिधेयक पारित

पोखरेबगर १ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शनिबार सम्पन्न आठौ सभासभाबाट तीन वटा बिधेयक पारित भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सुरु भएको गाउँसभा चालू आर्थिक वर्ष २०७५/७६ का लागि थप तीन करोड २७ लाख रुपैयाँ बजेट र तीन वटा बिधेयक पारित गर्दै सकिएको हो । गाउँसभामा पेश भएको... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको आँठौ गाउँसभा (फोटोफिचर)

  पोखरेबगर ३० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ का लागि थप सवा तीन करोड रुपैयाँ बजेट ल्याएको छ ।गत आर्थिक वर्षमा खर्च हुन नसकेर रहेको तीन करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम शुक्रबार पोखरबगरमा भएको आठौ गाउँसभाले पारित गरेको हो । यसअघि... पुरा पढ्नुहोस

तातोपानीकुण्ड ‘मेडिकल टुरिजमको’ रुपमा विकास हुँदै

बेनी, ३० कात्तिक । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात स्वास्थ्य पर्यटनको रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयको रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट विरामीहरु आउने क्रम बढीरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिहरु समेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल... पुरा पढ्नुहोस

तरकारी खेतीप्रती आकर्षित

बेनी ३० कार्तिक । बेनी नगरपालिका ५ मा पर्ने कुडुले, कुमाल्नी, सेतोढुङ्गा, फुर्केसल्लाका बासिन्दाहरु ब्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।सडक, सिचाँईको सुबिधा र बजारमा पहुँचमा वृद्धी भएसँगै स्थानीय कृषकहरु ब्यसायिक तरकारी खेती मार्फत आयआर्जनतर्फ अग्रसर भएका हुन् । महारानी कृषक समूह गठन गरेर कृषि प्रबिधि भित्र्याएका छन् । सदरमुकाम... पुरा पढ्नुहोस

कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने‘ म्याग्दीको विकासमा कम्मर कसेर लाग्नुस’

म्याग्दी, २८ कात्तिक । म्याग्दीको तीन दिने भ्रमणमा आउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले म्याग्दीको विकासमा कम्मर कसेर अघि बढ्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । पत्नी सिता दाहालको बेनी नगरपालिका–४ तातोपानीमा नसा सम्बन्धी रोगको उपचार गराउन यहाँ आउनुभउका अध्यक्ष दाहालले बुधवार नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला... पुरा पढ्नुहोस

पार्टी एकता छिट्टै निष्कर्षमा पुग्छ : अध्यक्ष दाहाल, जनादेश अनुसार सरकार अघि बढ्छः गृहमन्त्री थापा

बेनी २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले आज बेनीमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तह सम्मकै एकताको कामलाई सम्मन्न गर्नेगरि... पुरा पढ्नुहोस

सहिद परिवारलाई भेट्न सिमलचौरमा पुगे प्रचण्ड र बादल (भिडियो सहित)

म्याग्दी २८ कात्तिक । मंगला गाउँपालिका–२ सिमलचौरकी सहिद परिवारकी गुमा कुमारी खड्काले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापालाई पहिलो पटक आमने सामने भेट्ने अवसर पाईन् । तत्कालिन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ बर्षिय खड्कालाई आफ्नै गाउँमा तत्कालिन जनयुद्धका सर्वोच्च कमाण्डरहरुलाई मंगलवार मात्रै भेट्ने... पुरा पढ्नुहोस

सिंहदरबार गाउँमै आउँछः नेकपाका अध्यक्ष प्रचण्ड

बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार गाउँघरमै आएर छाड्ने उद्घोष गर्नुभएको छ । मंगला गाउँपालिका–२ सिमलचौरमा मंगलबार स्थानीय अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा उल्लेख भए बमोजिम जनताको सेवा र सुविधाको लागि सिंहदरबारको अधिकार स्थानीय सरकार मार्फत गाउँमै आउने बताउनुभयो... पुरा पढ्नुहोस

नीजि शिक्षकको तलव जुटाउन देउसीभैलोबाट दुईलाख २७ हजार संकलन्

म्याग्दी, २७ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझपानीमा रहेको देउराली आधारभूत विद्यालयमा निजि शिक्षकको तलव जुटाउन् देउसीभैलोबाट २ लाख २७ हजार ५७४ रुपैया संकलन गरिएको छ । विद्यालयको आयोजना ढुङ्गेधारा र सिर्जनशिल आमासमुहको सहयोगमा चारदिनसम्म संचालन भएको देउसीभैलोमा सो रकम संकलन गरिएको हो । नेपालीहरुको दोस्रो महान चार्ड तिहारको अवसरमा... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल गलेश्वरमा नेकपाका अध्यक्ष दाहालद्धारा अवलोकन (फोटो फिचर)

बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । बेनी नगरपालिका–९ मा अवस्थित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको गलेश्वरमा पुगेर आज विहान अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाको टोलीले अवलोकन भ्रमण गर्नुभएको हो । सो क्रममा... पुरा पढ्नुहोस