असिना पानीले कृषिमा करौडौ क्षेती

  • ९ जेष्ठ २०७६, बिहीबार
  • धिरन खत्री
  • 3354 पटक पढिएको

म्याग्दी, ९ जेठ । बुधबार परेको भिषण असिना पानीले म्याग्दीको कृषि क्षेत्रमा करोडौ क्षेती पु¥याएको छ । तिनदशक विचकै ठुलो असिना पानीले जिल्लाको ६ स्थानीय तहमा कृषकहरुले लगाएको कृषि खेतीमा सो क्षेती प¥याएको हो । हावाहुरीसंगै आएको असिना पानीले मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकाको कृषि क्षेत्रमा भएको करोडौ क्षेत्रीले कृषक निराश बनेका छन् । बालिनालीमा पु¥याएको क्षतीले उत्पादन घटेको छ, भने कृषकहरुको मेहनत भेलमा बगाएको छ ।


रघुगंगा गाँउपालिकाको मौवाफाँट, राखु दग्नाम, वेगमा आएको असिना पानीले मकै, आलु, फलफूलको बोटहरुमा ठुलो क्षेत्री पु¥याएको मौवाफाटँका कृषक मुकुन्द्र शर्माल बताए । उनले तिन दशककै ठुलो असिना हो, यसले खाद्यान्न तथा तरकारी र फलफूलको बोट सत्यनाश गराएको छ । जसले गर्दा कृषक निराश भएको जानकारी दिए ।


त्यस्तै अन्नपुर्ण गाउँपालिकाको राम्चे,हिस्तान, घार लगायतको आलु खेतीलाई असर गरेको छ। भने मंगला गाउँपालिकाको बंजा, अर्मन र कुहुमा मकै, सिमि, आलु तरकारी खेतीमा क्षेती पु¥याएको छ । त्यस्तै जलजला गाउँपालिकाको बार्झखर्कमा लगाएको सुन्तला खेती र सालीज र धाइरिङमा लगाएको तरकारी खेतीमा असिनाले क्षति पु¥याएको छ।

जिल्लामा परेको असिना पानीले सबै बालीलाई क्षेती पु¥याएको छ । भने धेरै क्षेत्रमा मकै लगाएका छन्, मकैबालीलाई बढी क्षति गरेको हुदाँ यसबषए उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।
कृषकहरुले लगाएको खेतीमा कुनै सुरक्षा नुहदाँ आम्दानी घट्ने र कृषि पेशा छोडेर विदेश जाने समस्या बढ्नेदेखिन्छ । भने कृषिखेतीलाई विमा नर्गनाले कृषकलाई पु¥याएको क्षेतीको राहत पाउने अवसर स्थानी र प्रदेश सरकारले कुनै नीति बनाएको छैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l