दग्नाममा नेकपाको पूर्ण बैठक

  • ९ जेष्ठ २०७६, बिहीबार
  • 1555 पटक पढिएको

 

बेनी ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रघुगंगा गाउँपालिका ४ दग्नाम वडा कमिटिको पूर्ण बैठक बिहीबार दर्मीजामा सम्पन्न भएको छ ।बैठकको अवसरमा प्रदेश सांसद तथा नेकपाका प्रदेश कमिटि सदस्य बिनोद केसीले २५ सदस्यीय वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा सांसद केसीले एकतावद्ध भएर पार्टी संगठनलाई बलियो बनाउन, जनताको समस्यामा ध्यान केन्द्रीत र विकासमा जुट्न आग्रह गर्नुभयो ।

सांसद केसीले दग्नामदेखि दर्मीजा हुदै चिमखोला जोड्ने सडक निर्माणका लागी संघीय सरकारबाट दुई करोड र प्रदेश सरकारबाट पचास लाख रुपैयाँ बिनियोजन भएर काम सुरु भएको बताउनुभयो ।कार्यक्रममा नेकपाका जिल्ला सदस्य बालकृष्ण सुवेदी, गाउँपालिका कमिटिका अध्यक्ष दिपक बिखर्ची, सचिव हरि भण्डारी, जिल्ला सदस्य कृष्णकुमार विश्वकर्मा र वडा कमिटिका अध्यक्ष सुविन शेरपुञ्जाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच भूमे पुजाको अवसरमा दर्मीजामा दिपशिखा युवा क्लवले आयोजना गरेको मेलाको प्रदेस सांसद केसीले उद्घाटन गर्नुभएको थियो ।