विशेष

बेनीमा ‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिता सुरु, साविक बिजेता वेष्ट प्वाइन्टको बिजयी सुरुवात ( तस्बिर / भिडियो)

कमल खत्री म्याग्दी १० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट... पुरा पढ्नुहोस

गलेश्वरमा शतबीज छर्न अहिलेसम्मकै बढी भक्तजन भित्रिए, ५० हजारले दर्शन गरेकाे अनुमान (भिडियो सहित)

म्याग्दी ९ मंसिर । म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशी पर्वको अवसरमा अहिलेसम्मकै बढी भक्तजनहरुले दर्शन तथा पुजापाठ गरेका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको हो ।   https://www.youtube.com/watch?v=qeZiKiDj-0Q यस बर्षको बालाचर्तुदशीमा आएका... पुरा पढ्नुहोस

गलेश्वरधाममा सतविज छर्नेहरुको घुईचो ( फाेटाेफिचर)

म्याग्दी, ९ मंसिर । म्याग्दीको मुख्य धार्मिक पर्यटकीयस्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरुको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ । कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागी २० हजार भन्दा बढी भक्तजनहरुले घुईचो लागेको... पुरा पढ्नुहोस

खाद्य र पोषणमा रैथाने बालीको महत्व

म्याग्दी ८ मंसिर । खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका सहभागिले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा खाद्य र पोषण सुरक्षाका लागि स्थानीय जातका बालिको प्रर्वद्धन, संरक्षण र उपभोगमा जोड दिइएको थियो । केन्द्रले महिला स्वास्थ्य स्वमसेविका, कृषि प्राबिधिक... पुरा पढ्नुहोस

मानवसेवा आश्रम पोखराद्धारा म्याग्दीबाट ४ जनाको उद्धार

म्याग्दी, ८ मंसिर । मानव सेवा आश्रम पोखराद्धारा म्याग्दीबाट चार जना मानिसको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएका ४ जनाको उद्धार गरेको हो ।  धौलागिरि गाउँपालिका–३ मुना फलिया गाउँकी ९ बर्षिय सुस्मीता विक, अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका २६ बर्षिय गणेश पुर्जा, सोही ठाउँकी ५२ बर्षि मतिकला गर्वुजा र सदरमुकाम बेनीमा... पुरा पढ्नुहोस

छाप्रोमा बस्दै आउनुभएकी बृद्ध हिरामतीलाई लायन्स क्लब बेनी पिस सिटीको घर उपहार (फोटो फिचर)

कमल खत्री म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लोचौरमा छाप्रोमुनी बस्दै आउनुभएकी हिरामती कामीलाई लायन्स क्लब अफ बेनी पिस सिटीले घर उपहार दिएको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको क्लबको अगुवाईमा आर्थिक संकलन गरि स्थानीयबासी र वडा कार्यालयको समेत सहयोगमा ९१ बर्षिय कामीको लागि घर निर्माण गरिएको हो... पुरा पढ्नुहोस

सुन्तलामा औँसाको प्रकोपः ‘बोटबाटै सुन्तला झर्न थाले, कृषकहरु समस्यामा’

कमल खत्री म्याग्दी ५ मंसिर । बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् । करिब १५ बर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेति थालेकी पुनको फुलबारीमा अहिले बोटबाटै सुन्तला झर्न थालेपछि उनी चिन्तित बनेकी हुन् । हरेक बोटबाट दैनिक १ किलोबढी सुन्तला पहेँलो भएर... पुरा पढ्नुहोस

कृषिको बजेट कार्यान्वयनमा जनशक्ति अभाव

धिरन खत्री म्याग्दी, ५ मंसिर । आर्थिक बर्ष २०७६/७७मा स्थानीय सरकारबाट संचालित कृषि क्षेत्रको बजेट कार्यान्वयमा जनशक्ति अभाव देखिएको छ । म्याग्दी र मुस्ताङका एघार स्थानीय तहले कृषिमा छुट्याएको बजेट पहिलो चौमासिकमा कार्यान्वयनका पाटोमा जोड दिएका छैनन् । म्याग्दी र मुस्ताङका स्थानीय तहले कृषि ब्यवसायमा छुट्याएको बजेट कार्यान्वयनमा दक्ष जनशक्तिको... पुरा पढ्नुहोस

विद्यालाई जिताउन पोखरामा रहेका म्याग्देलीहरुको प्रचार प्रसार उपसमिति गठन

म्याग्दी ४ मंसिर । कास्कीको निर्वाचन क्षेत्र २ मा हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्या भट्राई अधिकारीलाई बिजयी गराउन पोखरामा रहेका म्याग्देलीहरुले समेत प्रचार अभियान थालेका छन् । पोखरामा बसोबास गर्ने नेकपा समर्थित म्याग्देलीहरुको एक भेलाले क्याप्टेन बलबहादुर पुनको संयोजकत्वमा उपनिर्वाचन सहयोग प्रचार प्रसार उपसमिति गठन गरेको हो... पुरा पढ्नुहोस

मल्लाजमा सम्पन्न निशूल्क आँखा शिविरमा पाँच सय बढी लाभान्वित

बेनी, ४ मंसिर । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार सम्पन्न निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरमा ५ सय जना भन्दा बढी लाभान्वित भएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरेको थियो । मल्लाजको कोतघर परिसरमा स्वास्थ्य... पुरा पढ्नुहोस