अब्यवस्थित सडकले म्याग्दीमा जनधनको क्षति बढ्दो

  • १३ श्रावण २०७७, मंगलवार
  • धिरन खत्री
  • 1379 पटक पढिएको

धिरन खत्री /म्याग्दी, १३ साउन । ग्रामिण भेगका जनतालाई सुविधा पु¥याउने उद्देश्यले खनिएको सडक अब्यवस्थित र असुरक्षित हुँदा पछिल्लो समय जनधनको क्षति बढ्दो छ । अब्यवस्थित रुपमा खोलिएका सडकमा स्तरोन्नतीमा ढिलासुस्ती र ब्यवस्थित नालीहरु निर्माण नगर्दा ग्रामिण भेगका बासीहरु जनधनको जोखिममा परेका छन् ।

सडक स्तरोन्नती योजना कार्यान्वयनको अवस्थामा वातावरणीय प्रभाव मूल्यांकन नगर्नु, जैविक विविधता मूल्यांकन नगरि जेसिभि तथा एस्काभेटर प्रयोग, स्थानीय समुदायको सु–सचित नगरिएको, बस्तिमा पर्न सक्ने सम्भावित जोखिम अध्ययन नहुनु, सडक क्षेत्रमा असुरक्षित रहेका बस्तीहरुलाई जोखिमबाट सुरक्षित गर्न ग्याविन जाली वा अस्थायी प्रवन्धहरु नमिलाउनु, सडक स्तोरन्नतीका काम अलपत्र रुपमा निर्माण ब्यवसायीले छोड्नु, सडकको भलको बहाफ नियन्त्रीत नाली नबन्दा सोही भेल बस्तीमा पसेर म्याग्दीमा पछिल्लो समय ठुलो जनधनको क्षति सिर्जित भएको जिल्ला प्रहरी कार्यालयले जोखिम विश्लेषण गरेको छ ।


सडकका आएको भेल र सडक खन्ने क्रममा जथाभावि ढुंगामाटो फाल्दा ३ जनाको निधन भएको छ । रघुगंगा गाउँपालिका–६ कोतगाउँमा कोतगाउँदेखि रायखोरसम्मा नवनिर्मित कच्चि सडक खण्डमा अविरलपछि यही जेठ २७ गते भेलसंग जथाभावि रुपमा फालिएको गेग्रेटो र माटो बगेर आउदाँ ३०० मिटर तल रहेको छाप्रोमा पस्दा ५९ बर्षिय हमाया शेरपुजा र ४ बर्षकी नातिनी सिम्रन छन्त्यालको बाढीले पुरिएर निधन भएको छ । त्यस्तै मंगला गाउँपलिका वडानम्वर ४ स्थित सडकको ढुंगामाटो सडक मुनी फाल्दा बास काट्दै गरेको ५८ बर्षिय गंगलाल पुनलाई जसिभिको बकेटले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै रघुगंगा गाउँपालिकास्थित राखु भगवतीबाट बेगखोलामा सम्म कच्ची सडकमा जेठ २८गते आएको लेदोसहितको भेले बस्तीमा पस्दा वडानम्वर २ हटियाबस्ने गंगा श्रेष्ठको घर र आगन भत्काएको थियो । बेनी– जामुनाखर्कको कच्ची सडकले असार ६ गते सडक भेलसंगै पहिरो आएर बेनी नगरपालिका ८ खरेनी बस्ने चनमाया सार्कीको २ कोठे घर पुर्ण रुपमा क्षति पु¥याएको छ ।

गलेश्वर, पिप्ले हुदै भगवती पुग्ने सडक कालोपत्रे गर्ने योजनामा ब्यवस्थित तवरले भलबाढी नियन्त्रण नगर्दा गलेश्वरपारी पट्टी राहुघाट नदीको किनारमा रहेको बस्ती जोखिममा परेको छ ।गलेश्वरदेखि पिप्ले खण्डमा सडक विस्तार गर्दा नाली ब्यवस्थापन नगरिदाँ सडक हुदैँ जम्मा भएको पानी बाढीको रुपमा बग्दा सडक भत्काउदै बस्तीतर्फ पस्न थालेपछि बाढीको चपेटामा राहुघाटमा २१ घरधुरीक जोखिममा छ । बातावरणीय मूल्यांकन नगरी सडकहरु खन्नु र जोखिमको मुल्याकंन नगर्दा रघुंगगा, म्यागदी र कालीगण्डकी नदीले अरवौ खर्च गरेको सडक, पुललाई कटान गरेको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी गराए ।

त्यस्तै ग्रामिण भेगका जनतालाई लक्षित गरेर खोलिएको सडक ६ महिना चल्ने ६ महिना नचल्ने गर्नाले सरकारी सेवा तथा स्वास्थ्य सेवाप्रवाहमा महंगो हेलिकप्टर मगाउने बाध्यता छ । यस्तै बाध्यता असार २५ गते परेको अविरल बर्षापछि धौवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ विममा आएको बाढी र पहिरोमा परेर २९ जनाको मृत्यु र ४ जनाको बेपत्ता भएका थिए । बर्षातपछि बाढी पहिरोले सडक अवरुद्ध हुदाँ पहिरोमा परेर घाईते भएका १२ जनालाई हेलिकप्टरमार्फत उद्धार गर्न परेको धौवलागिरी गाउँपालिका– ६ मराङका वडाअध्यक्ष राजाराम सुवेदीले बताए । नदीको बाढीको कटानले बेनी–दरबाङ र दरवाङ विम, ताकम र मराङसम्मको सडक अवरुद्ध हुदाँ पहिरो प्रभावित मराङ र विमका पीडितलाई हेलिकप्टरमार्फत खाद्यान्न र आवश्यक सामाग्रीहरु पु¥याएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । बाढीले ग्रामिण भेगका सडक कटान हुदाँ पहिरो प्रभावित क्षेत्रमा विरामी उद्धार र राहत सामाग्री पु¥याउनमा कठिनाई भएको प्रजिअ ढकालले बताए । विकासमा भएको लगानी अनुसार जनताले सुविधा र उपलब्धि नपाउनु म्याग्दीको प्रमुख समस्या हो ।

स्थानीय तह, प्रदेश, संघले बजेट विनियोजन गरेर ग्रामिण बस्तीमा पु¥याएपछि ब्यवस्थित नाली, जोखिमयुक्त क्षेत्रमा पर्खा निर्माण नर्गदा बर्खायाममा हिउँमा करोडौ खर्च गरेको सडक अवरुद्ध हुदाँ जनतालाई आवश्यक खाद्यान्न ढुवानी महगो र अस्पताल सहज रुपमा ग्राहो भएको छ ।

राष्ट्रिय गौरवको आयोजना बेनी– जोमसोम सडक, बेनी–दरवाङ सडक कालोपत्र गर्ने योजना अलपत्र छ । गुणस्तर पुर्वाधार निर्माण नबन्दा बर्खायामा नदीको कटानले अन्नपुर्ण गाउँपालिका–२ भुरुङतातोपानी बस्ती कटानको जोखिममा परेको वडानम्वर २ का वडाअध्यक्ष ओम फगामीले बताए । राजनीतिकि दल, नेता, कर्मचारी, ठेकदार र प्राविधिक कमिशन दौडमा मिलमतोमा दक्ष जनशक्तिको कम प्रयोग र मेशिनको बढी प्रयोगले गर्दै पहिरो संरक्षण पर्खाल निर्माण नहुदाँ जिल्ला सडक पुर्वाधार बर्खायाममा जनताका लागि सास्ती पुर्ण भएका छन् । ग्रामिण सडकमा स्थानीय तहले डोजरमात्र प्रयोगले ग्रामिण भेगका बासिन्दाले पहिरो र बाढीले कारण जनधनको क्षति ब्यहोर्नु परेको छ ।

विकास आयोजनाको गुणस्तर कायम गर्न र समयमै निर्माण सम्पन्न गर्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले योजनाहरुको निगरानी, अनुगमन र ढिलासुस्ती गर्नेलाई कानुनी कारबाहीमा जोड दिए सडकबाट हुने जनधनको जोखिम न्युनिकरण गर्न सकिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l