५३ बर्षदेखि भेडाबाख्रा पालनमा जगत भण्डारी (भिडियोसहित)

  • १ भाद्र २०७७, सोमबार
  • धिरन खत्री
  • 1357 पटक पढिएको

 

म्याग्दी, १ भदौँ । चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि भेडाबाख्राको साथमा रहेर जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका जगत भण्डारी दैनिकी भेडाबाख्रा गोठमा वितेको छ । भण्डारीले ५३ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका छन् । भण्डारीका छोरा गोपाल भण्डारीले गोठालासहित ३५० भन्दा भेडाबाख्रालाई जंगलमानै दिनमा चराउन रातमा कुर्नमा ब्यस्त हुन्छन् ।

२०२३ सालबाट ६० वटा भेडा किनेर ब्यवासायिक भेडाबाख्रा पालनको गरेको थिए । उन्को ४५ बर्षिय छोरा यही पेशामा तल्लिन छन् । भेडाबाख्रा पाल्दा दुख बढी हुन्छ, खाजा खाना समयमै हुदैन, बर्षभरिको दुख केही सिजनमा भेडाको साड,खशी र बोका बेचेर हुने आम्दानीले भुलाउने गर्छ । उनले भेडाबाख्रपालनबाट बार्षिक ६ लाख भन्दा बढी मुल्यको भेडाबाख्रा बेचेर घरखर्चसंगै राम्रो आम्दानी गर्दै आएका छन् । पशुपालनबाट बार्षिक रुपमा कमाएको पैसाले घर जग्गा र नगद जम्मा गर्न जगत भण्डारी सफल भएका छन् ।


रात वा दिनमा भेडा गोठालो र भेडाबाख्रालाई जोगाउने जिम्मा कुकुरको हुन्छ, दुइजना हेरालु र २ वटा कुुकर छन् । सुतेपनि चरन क्षेत्र वा गोठ वरीपरि आउने बस्तुहरु कुकुरले गन्धले थाहा पाएर भुकेर सुरक्षा दिने गर्छन । घाँस भएको जंगल र भिरपाखा, हिउँदमा बेशीका फाँट र बर्खामा हिमालको काँखका भेडा चराउन लानुपर्ने गोपाल भण्डारीले बताए ।

भकारी र त्रिपालले छाएको गोठमा बस्नेका लागि घरबाट आफन्तले खाद्यान्न पु¥याइदिन्छन् । भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट जोगाउन सुरक्षाका लागि दुइवटा भोटे जातका कुकुर पालेको छन् । भेडाबाख्रा वरपर आएका जंगली जनावर चितुवा, स्याल र भालुलाई कुकुरले भुकेर भगाउनका लागि सहयोग गर्ने हेरालु धनबहादुर विश्वकर्माले बताए ।

भेडाबाख्रापालन ब्यवसायमा जंगलमा भेडाबाख्रा विरामी हुदाँ औषधीको अभाव र जंगली जनावार चोरबाट जोगाउने आधुनिक उपकरण अभाव हुदै आएको भेडापालक कृषक बताउछन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l