सिलाईकटाईबाट धनबहादुर परियारको जिविकोपार्जन

  • २९ श्रावण २०७७, बिहीबार
  • धिरन खत्री
  • 1751 पटक पढिएको

म्याग्दी, २९ साउन । परम्परागत सिलाईकटाईबाट जिविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाईन र फेशन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जिविकापार्जन गरेकाहरु जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसंगै अन्य जातिका नागरिकले उच्च प्रशिक्षण लिने र ठूलो लगानीमा व्यवसाय संचालन गर्दै आएका छन् ।


आर्थिक अभावका कारण नयाँ–नयाँ सीपसम्बन्धी प्रशिक्षण लिन नसक्ने, महँगो प्रविधि प्रयोग र ठूलो लगानी गर्न नसक्ने पेशाकर्मी यो पेसाबाटै विस्थापित अवस्थामा पुग्न बाध्य छन्। प्रविधिहरुमार्फत नयाँ फेशनको विकास र सस्तो मूल्यमा फेसन अनुसारको कपडा पाउन थालेपछि नेपालका परम्परागत सीपले प्रतिस्पर्धा गर्न कठिन छ ।


लामो समयदेखि सिलाइकटाइबाट जिविका गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–२ राख ठुलाथरका ७३ बर्षिय धनबहादुर परियारले तिनपुस्ताको मुख्य हतियारलाई निरन्तरता दिएका छन् । बाजे धनबहादुर र बा असारे परियारले सिलाईबाट जिविका गरेको सिपलाई अगाल्दै उनले गाउँमा भलो खाने पेशालाई संरक्षण गरेका छन् । “बाउँबाजेले हातले कपडा सिलाउदै भलो खाने पेशा गरेका थिए, जिविकापार्जन गर्नका लागि उनीहरुबाटै सिकेर निरन्तर तिनदाजुभाई मैते र धनश्याम परियारलेपनि यही पेशा अगालेका थिए, मैलेपनि हालसम्म यही पेशाबाट जिविकापार्जन गरेको छु,” उनले भने । बाजेले हातबाट कपडा चिलाउथे, उनीहरुको साथमा मेशिन थिएन्, मैले हातबाट कपडा बुन्दाबुन्दै मेशिन आयो, मेशिनबाट कपडा चिलाउन सहज भएको छ, त्यही मेशिनबाट हालसम्म जिविका लागि निरन्तर उनीसंग छ ।


पहिल्य विवाह बत्तबन्ध र स्कुल ड्रेस, कोटपाईटको सेट हामीलेनै चिलाउने गर्थौ, हामी यही काम ब्यस्त बनेका थियौ, अहिल्य पहिल्यजस्तो काम हुदैन् । पछिल्लो समय प्रविधिहरुको विकास र डिजाईनले नयाँपुस्ता बजारकेन्द्रित भएका छन्, उनले भने ।


तिनपुस्ताले सिलाईलाई मुख्य हतियार बनाउदै बाजेहरु यही पेशाबाट हामीलाई हुर्काए, मैलेपनि सिलाईबाट आठ सन्तानको परिवारको खर्च धानेको अनुभव सुनाए । चार छोराहरुलाई यो सिप सिकाए, तर जिविकापार्जन ग्राहो भएपछि उनीहरु बढी आम्दानी खोज्दै विदेश र अन्य पेशामा पलायन छन्।

पहिल्य विदेश जाने चलन थिएन, सहज रुपमा रोजगार पाउन ग्राहो थियो, बाउँबाजेको सिपलाई निरन्तरता नदिए जीवन धान्न ग्राहो भएको अनुभव सुनाए । छोराछोरीहरु हुर्किएर आ–आफ्नो क्षेत्रमा लागिसके, आफ्नो र श्रीमतिको जिविकापार्जन गर्न जयमानका (भलोखाने) विभिन्न समयमा गएर कपडा सिलाउने उनीहरुले दिएको अन्न र प्राप्त नगदबाट परियारले घरखर्च चलाईराखेका छन् । तिनपुस्तादेखि गर्दै आएको भलोखाने पेशा छोराहरु अन्य क्षेत्रमा पलायन हुदाँ लोभ हुने अवस्थामा पुगेको बताए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l