गलेश्वरमा बेलीब्रिज पुललाई मर्मत गर्न जनश्रमदानको भिड

  • १० श्रावण २०७७, शनिबार
  • 1447 पटक पढिएको

म्याग्दी, १० साउन । म्याग्दीस्थित गलेश्वरमा रहेको बेलिव्रिजलाई मर्मत गरी अवरुद्ध सडक खुलाउन जनश्रमदानको भिड भएको छ । जिल्ल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकता, कर्मचारी र सुरक्षा कर्मीहरु शनिबार भत्किएको बेलिव्रिज पुललाई मर्मत गर्न श्रमदानमा खटिएका हुन् ।


बाढीले रघुगंगा गाउँपालिका तर्फको विम भत्काउदाँ सिधा यातायात सेवा अवरुद्ध भएको थियो । सो सेवालाई सुचारु गर्न प्रदेश सांसद विनोद केसी, नेकपा, नेपाली काग्रेसका नेता तथा कार्यकता, राष्ट्रिय युवा संघ, तरुण दल, अनेरास्वीयु, नेविसंघका कार्यकर्ताहरुश्रमदानमा खटिएका थिए । श्रमदानमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहित नेपाली सेना, सशत्र प्रहरी, नेपाल प्रहरीहरु मर्मतका लागि दैनिक रुपमा खटिएका छन् ।


असार २५ गतेको अविरल बर्षापछि रघुगंगा नदीमा आएको बाढीले बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा रहेको बेलीव्रिज पुल बगाएको एकतर्फको विम कटान गरेर भत्काएको थियो ।
बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा रहेको बेलिब्रिजको रघुगंगा गाउँपालिकाको तर्फकोे जिप भत्काएको थियो ।


बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिकासंगै हिमाली पारीको जिल्ला मुस्ताङको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । यातायात अवरुद्ध हुदाँ विगत १७ दिनदेखि खाद्यान्न, औषधी, स्वास्थ्य सेवाका लागि जनतालाई सास्ती भएको छ । तस्विरहरु फेसबुकमार्फत