५५७ निजि आवास पुनर्निर्माण

  • २२ श्रावण २०७७, बिहीबार
  • धिरन खत्री
  • 1978 पटक पढिएको

 

म्याग्दी, २२ साउन । २०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको घरहरुमध्ये ५५७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले प्राधिकरणसंग सम्झौता अनुसार हालसम्म ५५७ जनाले आवास पुनर्निर्माण गरेको जानकारी दिए ।


हालसम्म निजि आवास सम्झौताअनुसार सम्पन्न गरेकाहरुले तेस्रो किस्ताको पनि भुक्तानी भएको आयोजना प्रमुख यज्ञप्रसाद रिजालले बताए । निजि आवास पुनर्निर्माणको ५२ प्रतिशत प्रगति भएको छ, भुकम्पले प्रभावितअनुसार कुल लापग्राही १ हजार ६५ जना थिए, ९५० जनाले सम्झौता गरेर पहिलो किस्ता लगेका छन्, दोस्रो किस्ता ६२५ जनाले सम्झौताअनुसार लगिसकेको आयोजना प्रमुख रिजालले जानकारी दिए । कुल लापग्राहीमध्ये ११५ जना सम्झौता हुन बाकी रहेका छन ।

गत आर्थिक बर्षमा पुजीगत ७७ प्रतिशत र चालुमा ६४ प्रतिश प्रगति भएको छ, निजि आवासको भुक्तानी चालुबाट भएको कार्यालयले जनाएको छ । हालसम्म बेनी नगरपालिकामा २४६ जना, त्यस्तै गाउँपालिका तर्फ रघुगंगामा ८२ जना, अन्नपुर्णमा ७२ जना, मंगलामा ३१ जना, मालिकामा ३ जना र धौवलागिरिमा ५ जनाले निजि आवास निर्माण गरि सकेका छन् ।

आवास पुनर्निर्माणमा पहिलो किस्ता लगेर धेरैले आँशिक क्षति भएको घरको मर्मत गरेका छन्, प्राधिकरणको स्टिमेटअनुसार घर बनाउदाँ घर सानो र पुरानो घर भत्काउदा बढी खर्च हुने बाध्यताले सम्झौताअनुसार लापग्राहीहरु दोस्रो किस्ता लिन नआएको आयोजना कार्यान्वयन इकाईले जानकारी दिए ।

सडक अन्तरगत पर्यटकियस्थल पुनहिल घोडेपानीमा पर्यटक सहज रुपमा पुग्नका लागि सुविधायुक्त पोखरेबगर, धारखोला, शिख हुदै घोडेपानीसम्म सडक कालोपत्रे गर्ने योजनाको भौतिक प्रगति ३८ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l