म्याग्दी समाचार

जिसस म्याग्दीका निर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण (फोटो पिचर)

म्याग्दी, १८ साउन । जिल्ला समन्वय समिति म्याग्दीमा निर्विरोध निर्वाचित जनप्रतिनिधिले पदभार समालेका छन् । मंगलबार निर्विरोध भएका जिसस प्रमुख देवेन्द्र बहादुर केसी र उप–प्रमुख लोकबहादुर मल्ल सहितका समितिका सदस्यहरुले सपथ ग्रहण लगतै जिल्ला समन्वय समितिमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।      म्याग्दीमा काँग्रेस र एमालेबिच सहमती गरि राप्रपा र... पुरा पढ्नुहोस

जिल्ला बाल भेलाको तयारी पुरा

म्याग्दी,१८ साउन । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक बिद्यालयद्वारा आयोजना गरिएको जिल्ला बाल भेलाको तयारी पुरा भएको छ । बिद्यालय स्थापनाको २५औं वर्ष रजत जयन्ति बर्षको अबसरमा सो कार्यक्रम आयोजना गरिएको हो । वर्ष २०७४ लाइ विद्यालयले रजत जयन्ति बर्षको रुपमा मनाइरहेको छ र विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।... पुरा पढ्नुहोस

डेढ करोड खर्च हुदाँपनि गलेश्वर–राखु सडक उस्तै –(फोटोफिचर)

म्याग्दी,१८ साउन । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको लामो समय भएपनि सडक अवस्था दर्दनाक छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा ३ को राखु पिप्लेको गलेश्वरदेखि वडा २ को राखु भगवतीमा जाने सडकमा करोडौ रकम खर्च गरेपनि बर्खाको समयमा यात्रुलाई सास्ती पुर्ण बनेको हो । गलेश्वर देखि... पुरा पढ्नुहोस

यसरी सहमतीमै जिल्ला समन्वय समिति चयन भयो म्याग्दीमा

म्याग्दी, १७ साउन । जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवार जिससको उम्मेदवारी दर्ताको समयभित्र जिससको संयोजक पदमा केसीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । जिसस गठनमा काँग्रेस र एमालेबिच प्रमुख र उपप्रमुखमा गोलापोला मार्फत टुंगो लगाउने र अन्य सदस्यहरुमा... पुरा पढ्नुहोस

बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १७ साउन । म्याग्दी सदरमुकाम बेनीमा तेस्रो एभरग्रीन कप खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा बेनी स्थित खुलामञ्चमा सुरु भएको प्रतियोगिता आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा म्याग्दी, बागलुङ, पोखरा र... पुरा पढ्नुहोस

बिमला श्रेष्ठको “के आयो जमाना” ( भिडियो सहित)

म्याग्दी, १७ साउन । मंगला गाउँपालीका २ डडुवाकी बिमला श्रेष्ठको नयाँ तिज गित “के आयो जमाना” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । बि स्टार म्युजीक कम्पनीले युट्युव मार्फत सार्वजनीक गरेको गित मार्फत कलाकार श्रेष्ठले आधुनिकताको नाममा छोटा कपडा लगाउनेलाई ब्यङ्ग्य गरेकी छिन् । शब्द संकलन समेत रहेका कमल सुसान्त केसी... पुरा पढ्नुहोस

गलेश्वरमा एकै दिन तिन लाख भेटि संकलन

बेनी,  १७ साउन । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा एकै दिन तिन लाख रुपैया भन्दा बढी भेटी संकलन भएको छ ।सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले तिन लाख दश हजार रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक गरेको हो ।... पुरा पढ्नुहोस

जिसस म्याग्दीको संयोजकमा एमालेका केसी सर्वसम्मत !

म्याग्दी, १७ साउन । जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध हुने भएका छन् । जिसस गठनको लागि मंगलवार हुने मनोनयनको दर्ताको पूर्वसन्ध्यामा जिल्लाका ठुला दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमती अनुसार गोलापोला मार्फत एमालेको पक्षमा प्रमुख परेको हो ।  एमालेले यस अघिनै जिल्ला... पुरा पढ्नुहोस

साउनको तेस्रो सोमबारमा गलेश्वरधाममा १५ हजार बढी भक्तजन भित्रिए (फोटो फिचर)

म्याग्दी, १६ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा आवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारका दिन १५ हजार बढी भक्तजनले मन्दिरको दर्शन तथा पुजापाठ गरेका छन् । म्याग्दी संगै, पर्वत, बागलुङ, कास्की, नवलपरासी लगायतका ठाउँबाट आएका सो संख्यामा भक्तजनहरु सोमबार पुजापाठको लागि आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब... पुरा पढ्नुहोस

पहिरो पन्छाएर बेनी दरवाङ सडकमा नियमित सवारी सञ्चालन गरिने

म्याग्दी १६ साउन । पहिरोका कारण अवरुद्ध म्याग्दीको तिन वटा गाउँपालीकालाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडकमा नियमित सवारी सञ्चालन गर्न पहल भएको छ । मंगला गाउँपालीका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध २४ किलोमिटर दुरीको सडक खुलाउन स्थानीय प्रशासन, गाउँपालीका र सडक डिभिजनले पहल गरेका हुन् । सोमबार बाबियाचौरमा... पुरा पढ्नुहोस