सैन्दर्य कला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा श्रेष्ठ

  • २२ श्रावण २०७४, आईतवार
  • 3721 पटक पढिएको

म्याग्दी, साउन २२ । सौन्दर्य कला व्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न तेस्रो अधिवेशनले प्रमिला जोशी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा अनिता थापा बानियाँ, कोषाध्यक्षमा रुपा घर्तीमगर र सहसचिवमा पुनम खड्का चयन भएका छन् । सदस्यहरुमा सजिना श्रेष्ठ, शारदा सापकोटा, सुस्मिता श्रेष्ठ, लक्ष्मी जिसी, रञ्जु क्षत्री, सुनिता भण्डारी र शिला कार्की चयन भएका छन् ।

निवर्तमान अध्यक्ष राधा मल्ल, संस्थापक अध्यक्ष संगिता श्रेष्ठ सल्लाहकार र सरस्वती जिसी बरिष्ठ सल्लाहकारमा चयन भएकी छिन् ।
संघकी संस्थापक अध्यक्ष संगिता श्रेष्ठले महिलाहरु सिप सिकेर आत्मनिर्भर बनी पेशा व्यवसायमार्फत व्यवसायिक बन्नुपर्ने बताइन् । निवर्तमान अध्यक्ष राधा मल्लले सौन्दर्य कलामा अवसर र चुनौती दुबै भएकाले पेशालाई निरन्तरतामा जोड दिईन् ।

म्याग्दीको बेनी, बाबियाचौर, दरबाङ, गलेश्वर र भूरुङ–तातोपानी बजार क्षेत्रमा ३० जना भन्दा बढी सौन्दर्यकर्ता ब्यवसायी क्रियाशिल छन् । पछिल्लो समय सौन्दर्य व्यवसायप्रति युवतीहरुको आकर्षण बढेको छ भने मानिसमा समेत सुन्दर हुने चाहना बढ्दै गएको पाइन्छ ।