म्याग्दी समाचार

खरिबोटमा अल्लो कपडा बुनाई सीप विकास तालिम

 म्याग्दी १३ बैशाख । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटमा ३ महिने अल्लो कपडा बुनाई सीप विकास तालिम सञ्चालन भएको छ । कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम) म्याग्दीको आयोजना गरिएको तालिम गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत सञ्चालन भएको कदमका अध्यक्ष हरीप्रसाद पौडेलले जानकारी दिनुभयो । गत चैत ११... पुरा पढ्नुहोस

बेनी नगरपालीकामा नेपाली काँग्रेसका उमेद्वार छनौट

म्याग्दी १३ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेनी नगरपालीकामा उमेद्वार चयन गरेको छ ।     नेपाली काँग्रेस बेनी नगर समितिले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा सर्वसम्मत चयन भएका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उमेद्वारी घोषणा गरिएको हो । नगर प्रमुखमा... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रको रुममा चुनाबी सभा

म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा नेकपा (माओवादी केन्द्र)ले बुधवार कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो भेलाले इन्द्रबहादुर बिकको संयोजकत्वमा ३० सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन गरेको छ । भेलालाइ सम्बोधन नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले नयाँ संविधानमा माओवादीके एजेण्डाहरु समावेश भएकाले... पुरा पढ्नुहोस

दिवंगत आमाको स्मृतिमा ओमकुमारी शान्ति कोषलाई सहयोग

म्याग्दी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीका एक घरपरिवारले आफ्नो स्वर्गीय आमाको स्मृतिमा  परोपकारी क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ । तातोपानीकी स्वर्गीय पम्फाकुमारी क्षेत्रीका घरपरिवारले मातातिर्थ औँसीको अबसरमा म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई रु ५५ हजार ५ सय ५५ सहयोग गर्नुभएको हो । बुधवार आयोजिक एक कार्यक्रमका बिच स्वर्गीय... पुरा पढ्नुहोस

चिमखोले भूमे पूजा मेला सम्पन्न

म्याग्दी १२ वैशाख । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमे पुजा–२०७३ अवसरमा स्थानिय मण्डली युवा कल्बद्धारा आयोजित विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिताहरुको आईतबार समापन भएको छ । मेलामा पहिलो दिन चैत्र २९ गते परम्परागत भूमे पुजा तथा महिला–पुरुष भलिबल , पुरुष बास्केटबल , तारो खेल ,छेलो तथा आँगन प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना... पुरा पढ्नुहोस

म्याग्दीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी १२ बैशाख । म्याग्दीका स्थानीय तह स्तरमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन सम्बन्धि गतिबिधी सञ्चालनका लागि पाँच वटा गाउँपालीकामा कार्यालय स्थापना भएको हो ।     मालीका गाउँपालीकाको दरवाङ, मंगलाको बाबियाचौर, धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारमा निर्वाचन... पुरा पढ्नुहोस

निर्वाचन सुरक्षालाई म्याग्दीमा शसस्त्र प्रहरीको टोली परिचालन

बेनी १२ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सघाउन बेनीमा शसस्त्र प्रहरीको मद्दत टोली परिचालन भएको छ । कुश्मामा रहेको शसस्त्र प्रहरीको चण्डीका गणले निर्वाचन प्रयोजनका लागि बेनीमा अस्थाई क्याम्प राखेर परिचालन भएको हो । म्याग्दीमा शसस्त्र प्रहरीको उपस्थिती नभएकाले आवश्यक परेको अवस्थामा कुश्माबाट... पुरा पढ्नुहोस

उमेद्वार बन्न शिक्षक पदबाट राजिनामा

म्याग्दी, १२ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा उमेद्वार बन्न म्याग्दीका दुई जना शिक्षकले राजीनामा दिएका छन् । बेनी नगरपालीका ४ सिंगाको धौलागिरी माविका गोविन्दप्रसाद पौडेल र बेनपा ५ को गणेश प्राबिका शिक्षक लक्ष्मण बानियाले उमेद्वार बन्नका लागि राजीनामा दिनुभएको हो । नेकपा एमालेले पौडेल र बानियालाई बेनी नगरपालीकाको ४... पुरा पढ्नुहोस

म्याग्दीका कृषकक बोयर जातको बाख्रापालनप्रती आर्कषण

म्याग्दी १२ बैशाख । म्याग्दीका कृषकहरुको बोयर जातको बाख्रापालनप्रती आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले ब्यवसायीक कृषकहरुले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् ।    आम्दानीको हिसाबले बोयर जातको बाख्रापालन फलदायी हुने बेनी नगरपालीका ३ भकीम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यिय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले... पुरा पढ्नुहोस

जेठ १५ मा बजेट ल्याउन आयोगले नरोक्ने

काठमाडौं,१२ बैशाख  – सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ । दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन्... पुरा पढ्नुहोस