रिखार कपको मूख्य प्रायोजक न्यू संगम टेड्रर्स

  • २२ श्रावण २०७४, आईतवार
  • 3076 पटक पढिएको

म्याग्दी, २२ साउन । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिताको मूख्य प्रायोजक न्यू संगम टे«र्डस् (हाडवेयर्स) रहने भएको छ । यससँगै रिखार कपको टाइटल पनि परिर्वतन भएको छ । अब ‘न्यून संगम टे«र्डस रिखार कप’ टाइटल रहनेछ । टे«र्डसका सञ्चालक सुरेन्द्रराज शर्मा र यज्ञकुमारी शर्माले जिल्लामा लोकप्रिय खेल भलिबलको विकासका लागि पत्रिकाको प्रयासलाई सफल बनाउन मूख्य प्रायोजकको प्रस्ताब स्वीकार गरिएको बताएका छन् । ‘हामीले आफ्नो व्यवसायलाई नयाँ ढँगले अघि बढाउने क्रममा प्रचार–प्रसारका लागि यो उत्तम विकल्प देख्यौँ’ सञ्चालक सुरेन्द्रराज शर्माले भने ।’ हार्डवेयर्सले प्रतियोगिताका लागि निश्चित रकम उपलब्ध गराउने छ भने आयोजक संस्था पत्रिकाले टाइटल देखि प्रचार–प्रसारमा उसैको नाम जोड्नुपर्ने छ ।

त्यससाथै पत्रिकाले बार्षिक रुपमा निशुल्क विज्ञापन प्रकाशन गर्ने सहमति पनि भएको छ । प्रतियोगिता सफल बनाउन यसले महत्वपूर्ण भूमिका निर्वाह हुने पत्रिकाका सम्पादक गोपाल छन्त्यालले जानकारी दिए । कालीपुल बसपार्कमा रहेको न्यून सँगम टे«र्डसले पछिल्लो तल्लो कालीपुल पक्की पुल नजिक संगम मेटल उद्योग पनि सञ्चालन गर्दै आएका छन् । ‘हार्डवेयर्स र मेटलको क्षेत्रमा हामीले अझै नयाँ–नयाँ प्रयोग गर्दैछौँ’ सञ्चालक शर्माले भने ।

यसैबीच, प्रतियोगिता अन्र्तगत महिला भलिबलको प्रथम पुरस्कार बेनीस्थित धर्मनारायण इन्टरप्राईजेज एण्ड सुविन भाँडा पसल र दोश्रो पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समितिले गर्ने यसअघि नै घोषणा भइसकेका छन् । बेनीको खुल्लामञ्चमा हुने प्रतियोगितामा पुरुष भलिबलतर्फ विजेताले नगद ५० हजार, मेडल र प्रमाणपत्र र उपविजेताले नगद रु ३० हजार मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै, महिला भलिबलतर्फ विजेताले २५ हजार र उपविजेताले १५ हजार नगदको साथमा प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगिताको आन्तरिक तयारीलाई तीब्र पारिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ ४० टिम र महिलातर्फ १० टिमले सहभागिता जनाउने निश्चित भइसकेको छ ।