बेनी बजारमा सञ्चालन भएको प्रथम धौलागिरी महोत्सवको आयब्यय सार्वजनिक

  • २२ श्रावण २०७४, आईतवार
  • 2175 पटक पढिएको

 

म्याग्दी, २२ साउन । गत चैतमा बेनीमा राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीको आयोजनामा सम्पन्न भएको प्रथम धौलागिरी साँस्कृतिक महोत्सवको आय ब्याय सार्बजनिक गरिएको छ । चैत्र १० देखि २० गतेसम्म सञ्चालन भएको महोत्सवबाट ३ लाख बढी आम्दानी भएको छ ।

कलाकार कल्याणकारी कोष स्थाापनाको मुख्य उदेश्य रोखेर आयोजना गरिएको साँस्कृतिक महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई बिज्ञप्ती मार्फत धन्यवाद सहित आफ्नो आय ब्ययको हिसाव सार्वजनिक गरेको हो ।


राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा र महासचिव पुर्ण परियारद्धारा हस्ताक्षरित बिज्ञप्तीमा महोत्सवको कुल आम्दानी ३९ लाख ७६ हजार १ सय भएको र खर्चमा ३६ लाख ६८ हजार ५ सय भएको बताइएको छ । महोत्सवबाट संस्थालाई कुल ३ लाख ७ हजार ६ सय आम्दानी भएको छ ।

बचत भएको रकमबाट १० प्रतिशत म्याग्दीका बिभिन्न संघ सस्थालाई उपलब्ध गराउने र बाकि रहेको रकमबाट छिट्टै एक कार्यक्रमको आयोजना गरि कलाकार कल्याणकारी कोषको स्थापना गरिने महोत्सवका आर्थिक संयोजक एवं राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीका बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीर्ल जानकारी दिनुभयो ।