म्याग्दीकी अरुणा शाहीलाई महिला वर्ष खेलाडीको अवार्ड प्रदान

  • २३ श्रावण २०७४, सोमबार
  • 6348 पटक पढिएको

म्याग्दी, २३ साउन । म्याग्देलि राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले महिला बर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छिन् । खेलकुद पत्रकार मन्च कास्कीले शनिबार वितरण गरेको स्र्पोटस अवार्ड अन्र्तगत बर्ष महिला खेलाडीको अवार्ड म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी चर्चित भलिबल खेलाडी शाहीले हात पारेकी हुन् ।

बर्ष महिला खेलाडीको रुपमा शाहीलाई नगद रु २५ हजार सहित अवार्डद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रिय महिला भलिबल टिमबाट विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिता जनाईसकेकी भलिबल खेलाडी शाही यस अघि पनि विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरीसकेकी छिन् ।

वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ र भलिवलकी अरुणा शाही मनोनयनमा परेका थिए । पोखराको खेलकुदको विकासमा टेवा पुर्‍याउने तथा खेलाडीमा उत्साह प्रदान गर्न खेलकुद पत्रकार मन्च कास्कीले अवार्ड वितरण गर्न थालेको थियो ।