म्याग्दी समाचार

डेढ महिनादेखि धौलागिरि आधार शिविर जाँदै गर्दा बेपत्ता भरियाको शव भेटियो

म्याग्दी, १४ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर जाँदै गर्दा वेपत्ता भएका एक जना भरियाको डेढ महिनापछि शव भेटिएको छ । इटली आधार शिविरबाट धौलागिरि आधार शिवीर जाने क्रममा गत भदौ २५ गते खोलामा खसेर वेपत्ता भएका धादीङको जमुना गाउँपालिका–१ का ३९ वर्षीय कर्मा लामा तामाङको... पुरा पढ्नुहोस

मुक्तिनाथ परिसरमा अण्डरवेयरको खात भेटीएपछि ….. (फोटो कथा)

मुस्ताङ १४ कात्तिक । नेपालदेखि भारत सम्मका धर्मावलम्बीहरुको आस्थाको धरोहर बनेको हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ परिसरमा अण्डरवेयर ( कट्टु)को खात भेटिएको छ । मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारा र दुई कुण्डमा डुबेर स्थान गरेमा पाप पखालिने जनविश्वासले त्यहाँ पुग्ने सबैजसो भक्तजन र पर्यटकहरुले नुहाउने गर्छन् ।... पुरा पढ्नुहोस

गुर्जाको ‘गुस्तुङ पिक’ को सफल आरोहण

म्याग्दी, १४ कात्तिक । धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो । आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस... पुरा पढ्नुहोस

विक्रिमा डाली र मान्द्रो

म्याग्दीको सदरमुकाम बेनीमा विक्रि गर्न लिएको डाली र मान्द्रो । ब्यवसायीले डालीलाई ६ सय र मान्द्रोलाई ३५ सयमा विक्रि गरिरहेका छन् । खेती भित्र्याउने यो समयमा डाली र मान्द्रोको बढी प्रयोग हुन्छ । तस्विरः धिरन खत्री । बेनी, १३ कात्तिक । पुरा पढ्नुहोस

लटरम्भ धान

अन्नपुर्ण र निलगिरि हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा फलेको लटरम्भ धान । तस्विरः धिरन खत्री । म्याग्दी, १३ कात्तिक । पुरा पढ्नुहोस

चिमखाेलामा शेर जनिमा स्मृति पुरस्कारबाट १० जना विद्यार्थी पुरस्कृत

म्याग्दी  ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिम्खोलाका स्व. शेरबहादुर गर्बुजा र जनिमा गर्बुजाको नाममा स्थापित ‘शेर जनिमा स्मृति पुरस्कार’बाट १० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । चिमखोलामा रहेका विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई जनही दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा चिम्खोला आधारभूत विद्यालय गौरामुनीमा अध्ययनरत प्रथम दिप्ती घर्ती (सुनार),... पुरा पढ्नुहोस

भकिम्लीका अति अशक्त नागरिकलाइ कैलास बैँकद्धारा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

म्याग्दी, ११ कात्तिक । बेनी नगरपालिका – ३ भकिम्लीका अति अशक्त भएका व्यक्तिहरुलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । कैलास विकास बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस वडामा अति अशक्त, असाह्य र अपांगता भएका लाभग्राहीलाई गाउँमै पुगेर भत्ता वितरण गरिएको हो । वडा कार्यालय र... पुरा पढ्नुहोस

मंगलामा व्यावसायिक तरकारी खेतीको अनुगमन

म्याग्दी,१२ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत विभिन्न वडामा व्यावसायिक तरकारी खेतीको अनुगमन भएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष (नाडेप)को आर्थिक सहयोग, सोडेक नेपाल पर्वतको आयोजना र गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनामार्फत लगाइएको तरकारी खेतीको स्थलगत अनुगमन गरिएको हो । मंगलाको कुहुँ, भर्जुला र सल्यानमा परियोजनाको सहयोगमा कृषकले... पुरा पढ्नुहोस

सुरेसको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग

बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैया आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण... पुरा पढ्नुहोस

पूर्व विद्यार्थी शाहीद्धारा रघुगंगा माविमा ५ लाख बढीको अक्षयकोष स्थापना

म्याग्दी, १२ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले रु ५ लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी कमल शाहीले आफ्नो दिवंगत बुबा देवबहादुर शाहीको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार... पुरा पढ्नुहोस