जिपको ठक्करबाट वृद्धाको ज्यान गयो

  • ९ पुष २०७५, सोमबार
  • 1619 पटक पढिएको

 बेनी  ९ पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको धारामा जिपको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । ग २ च ३०८ नम्बरको निजी जिपले ठक्कर दिँदा घाइते भएकी अर्मन धाराकी ७० वर्षीया कृष्णकुमारी रोका क्षेत्रीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले जानकारी दिए ।

बाबियाचौरदेखि अर्मन जाँदै गरेको जिपले आइतबार साँझ ठक्कर दिएपछि प्रहरीलाई समेत खबर नगरी पोखरा पु¥याएको र बिहान ४ बजे उपचारका क्रममा वृद्धाको निधन भएपछि मात्र खबर पाएको प्रहरी नायब उपरीक्षक बुढाले बताए ।

सवारी धनी ताराखोला गाउँपालिका–३ का टोमलाल विश्वकर्मा, चालक र जिपलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।