विद्यार्थी पढाउदै प्रहरी

  • ८ पुष २०७५, आईतवार
  • 2091 पटक पढिएको

म्याग्दी ८ पुष । कुलत र दूव्र्यसनी न्युनीकरणका लागि म्याग्दीमा प्रहरीले विद्यार्थी पढाउने अभियान चलाएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कक्षा कोठामै पुगेर प्रहरीले विद्यार्थीहरुलाई प्रशिक्षण दिन थालेको हो । कुलतको जोखिममा रहेका किशोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बताए ।

कक्षा ९, १०, ११ र १२ मा अध्ययन गर्ने किशोर किशोरीहरुलाई कुलत र दूव्र्यसनीबाट बचाउनका लागि विद्यालय, स्थानीय तहसँग समन्वय गरेर प्रशिक्षण दिने गरिएको छ । कुलत, अपराध र दूव्र्यसनी सम्बन्धि कानुनी व्यवस्थाको बारेमा जानकारी गराई त्यसतर्फ लाग्न नदिन सचेत बनाउने उद्देश्य रहेको प्रनाउ बुढाले जानकारी गराए ।विद्यालय उमेरदेखिकै बालबालिकालाई वर्तमान र भविष्यमा सुमार्गमा लाग्न प्रेरित गरी अशल नागरिक बनाउने सरकारको सपना साकार बनाउन बालबिवाह, दूब्र्यसनी, ट्राफिक नियम र साईबर अपराध सम्बन्धि कानुनका बारेमा जानकारी गराइएको प्रहरीले जनाएको छ ।

२२ वटा विद्यालय र क्याम्पसका विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकिएको छ । शनिबार मंगला गाउँपालिका १ कुहुँको दिपशिखा मावि र शुक्रबार मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको थियो । जिल्लाका सबै मावि र क्याम्पसमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रहरीको निरन्तरता दिएको छ ।