मालिकाको दुर्गम गाउँमा रहेका विद्यालयमा सौर्य उर्जा जडान ( फाेटाे फिचर)

  • ९ पुष २०७५, सोमबार
  • 3171 पटक पढिएको

बेनी ९ पुष । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम र विकट क्षेत्रमा रहेका तीन वटा सामुदायिक विद्यालयमा सौर्य उर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिबिधिलाई प्रबिधिको प्रयोगगरि सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा सौर्य उर्जा जडान गरिएको हो ।

मालिका गाउँपालिकाको वडा न. २ रुमको राष्ट्रिय मावि, वडा न.३ डाडागाउँको अमरज्योती मावि र वडा न. ५ देविस्थानको भिम माविमा २ किलोवाट क्षमताको सौर्य उर्जा जडान गरि विद्युत आपूर्ति गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

सौर्य उर्जा जडानको लागि नेपाल सरकार वातावरण मन्त्रालय अन्र्तगतको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले एउटा विद्यालयमा चार लाख ५७ हजार ८९० रुपैयाँ अनुदान उपलब्ध गराएको छ । सोलार ढुवानी र जडानका लागि विद्यालयले आन्तरिक स्रोत परिचालन गरेका छन् । सौर्य उर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन, प्रशासनिक काम र शैक्षिक गतिबिधिमा सहज भएको भिम माविका प्रअ डम्मर घर्तीले बताउनुभयो ।