रघुगंगा गाउँपालिकालाई समुदायबाटै जग्गा व्यवस्थापन

  • ९ पुष २०७५, सोमबार
  • कमल खत्री
  • 2920 पटक पढिएको

बेनी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकालाई भवन निर्माणको लागि समुदायबाट जग्गा व्यवस्थापन गर्न सुरु गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाको भवन निर्माण गर्ने सार्वजनिक जग्गा नभएपछि नव सहरी बस्ती विकासको अवधारणमा समुदायस्तरबाट करोडौँ मुल्य बराबरको जग्गा गाउँपालिकालाई निःशुल्क व्यवस्थापन गर्न लागिएको हो ।

मौवाफा“टको गाउ“पालिका केन्द्र रहेको क्षेत्रमा जग्गाको मुल्य प्रति रोपनी ८ लाख ८० हजार कायम गरिएको छ । मौवाफाँट स्थित कुखुरेमा खेतियोग्य फाँटमा २४ रोपनी जग्गा घडेरीमा प्लटिङ गरी १३ रोपनी जग्गा गाउ“पालिकाको नाममा निःशुल्क ल्याउन लागिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरी सुवेदीले जानकारी दिनुभयो ।

२५ जना जग्गाधनीको २४ रोपनी जग्गा रेखांकन गरिएको मध्ये १३ रोपनी गाउँपालिकालाई, ६ रोपनी सडक विस्तार र ५ रोपनी जग्गा प्लटिङ गरि सम्बन्धित जग्गाधनीलाई घडेरीको रुपमा प्रदान गर्ने गरि काम भैरहेको जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताउनुभयो ।

जग्गा दिनेमध्ये ९ जनाले निःशुल्क जग्गा दिएका छन भने रेखांकन गरिएको क्षेत्रभित्र पुरै जमिन परेका १६ जनाले घडेरी पाउनेछन् । ‘‘ गाउँपालिकाको लागि निःशुल्क जग्गा व्यवस्थापनमा नयाँ बस्ती विकासको अवधारण ल्याईएको हो, १ रोपनी जग्गा दिनेले ५ आना क्षेत्रफलको विजुलि, पानी, ढल, सडक लगायतका पूर्वाधारको विकास भएको घडेरी पाउँछन्,’’–अध्यक्ष सुवेदीले भन्नुभयो ।

पूर्ण रुपमा जग्गा दिनेलाई मात्रै घडेरि दिईने प्रावधान राखिएको छ । सबैजसो सम्बन्धित जग्गाधनीको मनजुरीनामा लिएर जग्गा प्लटिङ गरिएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । गाउँपालिका कार्यालय रहने क्षेत्रभित्र पर्ने ४ जना जग्गाधनीबाट गापाको नाममा जग्गा पास भैसकेको छ । पुस महिनाभित्र गापाको नाममा रजिष्टेशन गर्नुपर्ने जग्गाको काम सकिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

बाँकी जग्गालाई नापी र मालपोत कार्यालयको समन्वयमा बैकल्पिक उपाय मार्फत घडेरीको रुपमा विकास गरि जग्गादाताहरुलाई दिइने प्रवन्ध मिलाईएको गाउँपालिकाले जनाएको छ । जग्गा व्यवस्थापन समितिको योजना अनुसार प्लटिङ गरिएको जग्गामध्ये बिच भागमा १३ रोपनी जग्गा गाउँपालिकाको नाममा पास हुन्छ । बाँकी जग्गा वरीपरी ८ मिटर चौडा रिङ रोड भएको सडकमा मोहाड भएका घडेरी बनाई जग्गाधनीलाई फिर्ता दिईनेछ । यो मोडलमा कार्यालयको वरपर ब्यक्तिकालागी घडेरी हुने छन ।

जग्गा प्लटि¨ गर्दा जग्गाधनीबाट गापाको नामा ल्याउ“दा र जग्गाधनीको नाममा खडेरी फिर्ता गर्दा लाग्ने मालपोतमा लाग्ने सवै खर्च गाउ“पालिकाले ब्यहोर्ने भएको छ । जग्गा सम्माउने कार्यको लागि भएको रु २१ लाख खर्च समेत गाउँपालिकाले नै व्यहोरेको छ । अहिले प्लटिङ गरि सम्माईएको जग्गामा सडक,ढलनिकास लगायतको पूर्वाधार निर्माण गरि थप व्यवस्थापनको लागि गाउँपालिकाले विनियोजन गरेको रु ४९ लाख बजेटलाई ठेक्का प्रकृया मार्फत काम गर्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकाको भवन निर्माणको लागि जिल्ला समन्वय समिति मार्फत सिफारिस भैसकेको छ । जग्गा व्यवस्थापनको काम सकिएपछि भवन निर्माणको बाटो खुल्नेछ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l