म्याग्दी समाचार
१७ औँ अन्तरमावि जेसीजकप फुटवल मंसिर ११ देखि बेनीमा हुने (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७५, आईतवार
म्याग्दी, १८ कात्तिक । म्याग्दी जेसीजद्धारा निरन्तर सञ्चालन हुँदै आएको अन्तरमावि जेसीज कप फुटवलको १७ औँ संस्करण आगामी मंसिर ११ गतेदेखि सदरमुकाम बेनीमा सुरु हुने भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने सो प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमिति मार्फत तयारीलाई तिब्र पारिएको म्याग्दी... पुरा पढ्नुहोस
कुमारी सहकारीको अध्यक्षमा गर्बुजा
- 6 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७५, आईतवार
बेनी १८ कात्तिक । कुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बेनीको दसौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सुवेदार थमबहादुर गर्बुजाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएकाे छ । समितिका उपाध्यक्षमा राजकुमार थापा, सचिवमा यामबहादुर रोका, कोषाध्यक्षमा बालकुमार रोका, सहसचिवमा देवीकुमारी थापा चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यलाल पूर्जा, भुलमाया तिलिजा, दिलबहादुर... पुरा पढ्नुहोस
बेनपाका उपभोक्तालाई तालिम
- 6 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७५, आईतवार
बेनी १८ कात्तिक । बेनी नगरपालिकाले योजना कार्यान्वयनलाई पारदर्शी, प्रभावकारी, दिगो र सहज बनाउन उपभोक्ताहरुलाई तालिम दिन सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७५/७६ का लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनको तयारी स्वरुप वडा स्तरमा जनप्रतिनि, उपभोक्ता र सरोकारवालाहरुलाई योजना सञ्चालन सम्बन्धि अनुशिक्षण तालिम दिन सुरु गरेको... पुरा पढ्नुहोस
मिर्गौलापीडित छन्त्याललाई कतारबाट आर्थिक सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७५, आईतवार
म्याग्दी, १८ कात्तिक पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका मिर्गौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामा कतारमा पुगेका प्रवासीहरुबाट हिमालयन युवा समाज दोहा कतारले सहयोग अभियानमार्फत सङ्कलित नगद ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त सहयोग संस्थाका प्रतिनिधिहरुमार्फत सुरेशकी आमा सीता पाईजा छन्त्याललाई... पुरा पढ्नुहोस
सुरेशको उपचारका लागि कोरियाबाट सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
बेनी १७ कात्तिक । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएका मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि दक्षिण कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । १९ वर्षिय छन्त्यालको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)... पुरा पढ्नुहोस
गुर्जामा ८६ जनालाई नागरिकता वितरण, घरदैलोमै लालपुर्जा सहितको सरकारी सेवाले स्थानीय हर्षित
- 6 बर्ष, 7 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
म्याग्दी, १७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा घुम्ती शिविर मार्फत घरदैलोमै जग्गाधनी पुर्जा (लालपुर्जा), नागरिकता, अपांगता परिचयपत्र, स्वास्थ्य परिक्षण लगायतको सेवा पाएपछि सर्वसाधारण हर्षित भएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा शुक्रवार र शनिवार सञ्चालन भएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट... पुरा पढ्नुहोस
युनियन लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी
- 6 बर्ष, 7 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
बेनी १७ कात्तिक । युनियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले शनिबार म्याग्दीका एक विमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । बैदेशिक रोजगारीको क्रममा प्रवासमा ज्यान गुमाएका बेनपा १ रत्नेचौर सालधारीका राजु किसानका परिवारलाई बिमा वापतको १३ लाख ३८ हजार ६२ रुपैया हस्तान्तरण गरिएको हो । चार महिनाअघि दिवंगत भएका... पुरा पढ्नुहोस
तिहारलाई लक्षित गरि भेडाच्याङ्ग्रा बजारमा (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
म्याग्दी, १७ कात्तिक । तिहार पर्वलाई लक्षित गरि भेडाच्याङ्ग्रा बजारमा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङबाट म्याग्दी हुँदै मुलुकका विभिन्न ठाउँमा लेकाली हावापानीमा हुर्किएका भेडाच्याङ्ग्रा निर्यात गर्न थालिएको हो । दशैँमा भन्दा पनि तिहारका लागि ल्याईएका भेडाच्याङ्ग्रा महंगिएको छ । हिमाली भेगमा जडिबुटीयुक्त चरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु दशैँ तिहारको समयमा... पुरा पढ्नुहोस
घतानमा टिमुर खेतीमा आकर्षण : ‘काँडेबार आम्दानीको आधार’ (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
बेनी, १७ कात्तिक । बेनी नगरपालिका–९ घतानका कृषक सागर बानियाँले टिमुर खेतीबाट बार्षिक लाखौँ आम्दानी गर्छन् । गाउँघरमा खेतवारीमा छेकबारको रुपमा परम्परागत रुपमा लगाउँदै आईएको काँडेबार ‘टिमुर’को फल विक्रि हुन थालेपछि युवा कृषक बानियाँले टिमुरलाई व्यवसायिक खेतीको रुपमा विस्तार गरेका छन् । ८ बर्षदेखि टिमुर खेतीमा लागेका कृषक बानियाँले यो... पुरा पढ्नुहोस
घुम्ती शिविरबाट गुर्जाबासीलाई गाउँमै लालपुर्जा , सरकारी सेवा सुविधाले स्थानीयबासी उत्साहीत
- 6 बर्ष, 7 महिना अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
म्याग्दी, १६ कात्तिक । धवलागिरि गाउँपालिका– १ गुर्जाका स्थानीयबासीले घुम्ती शिविरबाट लालपुर्जा पाएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट गाउँ गुर्जाबासीले आफुले उपभोग गर्दै आएको जग्गा जमिनको लालपुर्जा पाएका हुन् ।शिविरबाट लालपुर्जा लिएका ६५ बर्षका रेशविर... पुरा पढ्नुहोस