म्याग्दी समाचार

बेनीमा हुने प्रथम पर्यटन महोत्सव चैत २३ गते देखि सुरु हुने

बेनी, २० चैत । म्याग्दीको सदरमुकाम बेनीमा यही चैत २१ गते देखि सूरु हुने भनिएको प्रथम पर्यटन महोत्सव चैत २३ गतेदेखि मात्रै सुरु हुने भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव दुई दिन पछि सारिएको हो । बुधबार रेडियोकाे आयोजनामा गरेको पत्रकार सम्मलेन... पुरा पढ्नुहोस

पर्सा र बाराका हावाहुरी पीडितलाई दिदी बहीनी सहकारीको सहयोग

बेनी, २० चैत । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको मात्रै लगानी र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बारा र पर्साका हावाहुरी पिडितका लागि आर्थिक सहयोग गरेको छ । ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा आयोजना गरेको कार्यक्रममा सहकारीले सो सहयोग प्रमुख जिल्ला अधिकारी मार्फत... पुरा पढ्नुहोस

चिमखोलामा बालमैत्री शिक्षण सिकाई तालिम

बेनी २० चैत । रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी तालिम सम्पन्न भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत १४ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा चिमखोला, कुइनेमंगल, पाखापानी र झिँका १८ वटा विद्यालयका ६६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको... पुरा पढ्नुहोस

बारा पुगेका म्याग्दी अखिलका नेता पौडेल उद्धार र राहतमा जुटे (फोटाे कथा)

बेनी १९ चैत । बाराका आँधीहुरी पिडितहरुको राहत र उद्धारको लागि पुगेका म्याग्दीका अनेरास्ववियूका नेता प्रकाश पोडेल घरबार विहिनहरुको बसोबासको प्रवन्ध मिलाउन जुटेका छन् । गत आईतवार आएको आँधी र हुरीले बारा र र पर्सामा ठुलो जनधनको क्षती भएको छ भने सयौँ घरधुरी घरबार विहिन बनेका छन् । म्याग्दीदेखि बारा... पुरा पढ्नुहोस

गलेश्वरमा निर्माण भएको धर्मशाला हस्तान्तरण (फाेटाे फिचर)

गलेश्वर १९ चैत । सरस्वती गोविन्द फाउण्डेशलने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माण गरेको तिर्थयात्री निवास (धर्मशाला) मंगलबार हस्तान्तरण गरिएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक स्व.गोविन्ददास श्रेष्ठद्धारा स्थापीत फाउण्डेशनको करिब बहत्तर लाख रुपैयाँ सहयोगमा निर्माण भएको धर्मशाला गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको हो । गत पुषमा दिवंगत भएका श्रेष्ठले... पुरा पढ्नुहोस

‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ : सरोकारवाला

बेनी, १९ चैत । सरकारले लिएको दिगो लक्ष्य प्राप्तिको लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बेनीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैँक बागलुङ शाखा र जिल्ला सहकारी संघ म्याग्दीले आयोजना गरेको ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ बिषयक गोष्ठीमा बोल्ने बत्ताहरुले सो कुरामा... पुरा पढ्नुहोस

वाखेतमा पशु स्वास्थ्य शिविर

बेनी १९ चैत । बेनी नगरपालिका १० वाखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखा र वडा कार्यालयको आयोजनामा सञ्चालन भएको शिविरमा करिब डेढ सय जना कृषकहरु लाभान्वित भएका छन् । वाखेत, पात्लेखेत, ओखले, आलवाङ, तोरीपानी क्षेत्रका १३५ जना कृषकहरुको तीन... पुरा पढ्नुहोस

आँधीहुरी पिडितका लागि बेनीमा विद्यार्थीले ६२ हजार सहयोग जुटाए

बेनी १९ चैत । बारा र पर्साका आँधीहुरी पिडितहरुको राहतका लागि म्याग्दीका विद्यार्थीहरुले आर्थिक सहयोग संकलन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववीयु र अनेरास्वीयु क्रान्तिकारीले सदरमुकाम बेनीमा घरदैलो गरेर मंगलबार ६२ हजार ७११ रुपैयाँ सहयोग संकलन गरेका हुन् । अनेरास्ववीयुका अध्यक्ष सुवास विश्वकर्मा र अनेरास्ववीयु क्रान्तिकारीका यामनाथ... पुरा पढ्नुहोस

बारा र पर्सामा हावाहुरीबाट घाइते भएकाहरुको लागि बेनीमा ३४ जनाले गरे रक्तदान

म्याग्दी, १९ चैत । हावाहुरीका कारण बारा र पर्सामा घाइते भएकाहरुको उपचारका लागि बेनीमा रक्तदान मार्फत रगत संकलन गरिएको छ । बेनीमा रहेका लायन्स र लियो क्लबहरुको संयुक्त आयोजना,नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित रक्तसंचार केन्द्र र बेनी अस्पतालको प्राविधिक सहयोगमा मंगलवार बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ३५... पुरा पढ्नुहोस

पोषण सुधारका लागि सत्र बुदे प्रतिवद्धता जारी

बेनी १९ चैत । पोषण तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि सत्र बुँदे प्रतिवद्धता जारी गर्दै सोमबार बेनीमा जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि सकिएको छ । मिलन म्याग्दीद्धारा सञ्चालीत बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) को आयोजनामा दुई दिनसम्म सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय प्रशासन, नगर तथा... पुरा पढ्नुहोस