म्याग्दी समाचार
शिखमा नेकपाको सपथ
- 6 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
बेनी २८ बैशाख । अन्नपूर्ण गाउँपालिका ५ शिखको किन्दुमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुले सपथ लिएका छन् । वडा कमिटि अध्यक्ष उदिप्रसाद पाइजाको अध्यक्षता, तेसबहादुर पुर्जाको सञ्चालन र रञ्जित पाइजाको स्वागतमा सम्पन्न कार्यकर्ता भेलामा प्रमुख अतिथि जिल्ला सदस्य नारायण पुनले २५ सदस्यीय संगठन कमिटिलाई सपथ... पुरा पढ्नुहोस
मंगलामा नेकपाको सपथ
- 6 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
राजकुमार पाण्डे बाबियाचौर २८ बैशाख । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।सपथ ग्रहणपछि अध्यक्ष पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्माले एकताको... पुरा पढ्नुहोस
टोड्के हिल रिसोर्टको उद्घाटन
- 6 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
टोड्के २८ बैशाख । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल टोड्केमा निर्माण भएको रिसोर्टको शनिबार उद्घाटन भएको छ । टोड्के हिल रिसोर्ट प्रा.लीले स्थापना गरेको रिसोर्टको झिँका जेष्ठ नागरिक ९० वर्षीय कमी गर्बुजाले उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विकास र... पुरा पढ्नुहोस
बेनीमा २६४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइदै
- 6 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
म्याग्दी २८ वैशाख । म्याग्दीमा २६ सय ४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइने भएको छ । बुद्ध जयन्ती तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीले शनिवार बेनीमा पत्रकार सम्मेलन गरि आगामी जेठ २, ३ र ४ गते विविध कार्यक्रम सहित लुम्बीनी दिवस बनाउने कार्यक्रम सार्वजनिक गरेको हो ।... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा ट्राफिक सचेतना कार्यक्रम, सार्वजनिक सवारीमा स्टिगर टाँस ( तस्बिर सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
म्याग्दी, २८ वैशाख । म्याग्दी जेसीजको आयोजनामा शनिवार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र सवारी यात्रालाई सुरक्षित बनाउन जनचेतना अभिबृद्धिको लागि आयोजित कार्यक्रममा सार्वजनिक सवारी साधनमा दुर्घटना न्युनिकरणको लागि सचेतनामुलक स्टिगर टाँस गरिएको छ । जिल्लाबाट लामो तथा छोटो दुरीमा छुट्ने... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ म्याग्दीको स्थायी शिक्षकहरुलाई सम्मान तथा प्रवोधिकरण कार्यक्रम
- 6 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
बेनी,२८ वैशाख । नेपाल शिक्षक संघ म्याग्दीले स्थायी शिक्षकहरुलाई सम्मान तथा दिर्घकालिन सेवा निवृत्त शिक्षकहरुलाई अभिनन्दन गरेको छ । ३० औं नेपाल शिक्षक संघ दिवसको अवसरमा नेपाल शिक्षक संघ म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा आयोजित एक कार्यक्रमका विच लोकसेवा मार्फत स्थायी भएका करिब पचास जना शिक्षक र दिर्घकालिन सेवा निबृत्त शिक्षकहरुलाई... पुरा पढ्नुहोस
काखे बच्चासंग सडक बनाउने काममा संघर्ष गर्दै रोल्पाली आमा (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
https://www.youtube.com/watch?v=vp44e_6hfJg&t=420s म्याग्दी, २७ वैशाख । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत मुस्ताङको कोबाङ नजीकै सडक स्तरोन्नतीमा काखे बच्चालाई साथमा लिएर महिलाहरु समेत सडक स्तरोन्नतीको काममा लागिपरेका छन् । रोल्पाबाट आएका महिलाहरुले सुत्केरी अबस्थामा समेत यसरी काम गर्ने गरेका हुन् । महिलाहरुले पुरुषहरुसंग ढुंगामा टुकटुके संग कडा परिश्रम गर्ने गर्छन् । गरिबीको कारण... पुरा पढ्नुहोस
रघुगंगाले छान्यो पर्यटकीय र साँस्कृतिक क्षेत्र
- 6 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
म्याग्दी, २७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरेको छ । गलेश्वर देखि रुइसे हुँदै धवलागिरी आइसफल, रिखार र धवलागिरी सेञ्चुरी पदमार्ग क्षेत्रलाई पर्यटकीय र चिमखोलालाई साँस्कृतिक क्षेत्र तोकिएको छ । साँस्कृतिक क्षेत्र घोषणा भएको चिमखोला थालीनाचको उद्गम थलो मानिन्छ । रुइसे हुँदै धवलागिरी आइसफल क्षेत्र... पुरा पढ्नुहोस
देउराली आधारभूत विद्यालयको वार्षिकोत्सव
- 6 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
बेनी २७ बैशाख । जलजला गाउँपालिका १ बाँसखर्कको मालगाउँमा रहेको देउराली आधारभूत विद्यालयले बिहीबार बिबिधि कार्यक्रम सहित २७ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र उपाध्यक्ष सिमा गर्बुजाले सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउन शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभयो । वडा अध्यक्ष तुलसीराम रेग्मी,... पुरा पढ्नुहोस
दानामा सालैजो गीत छायांकन (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
बेनी २६ बैशाख । म्याग्देली कलाकार पूर्णीमा बि.सीको सालैजो गीत बेनीको बजार....को दानामा छायांकन गरिएको छ । खड्ग गर्बुजा र मनिषा सुनारको आवाज रहेको गितमा बि.सी र शंकर बिसीको अभिनय रहेको छ । दानाको ज्ञानप्रकाश मावि, रुप्से झरना, अन्धगल्छी लगायतका स्थानहरुमा गित छायांकन गरिएको कलाकार बि.सीले बताउनुभयो । आफ्नो गाउँ... पुरा पढ्नुहोस