म्याग्दी समाचार

दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

  म्याग्दी १६ साउन । मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् ।जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको... पुरा पढ्नुहोस

गृहगाउँ मल्कबाङमा समाजसेवी चन्द्रबहादुर छन्त्याललाई सम्मान (फोटो फिचर)

म्याग्दी १६ साउन ।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा बस्दै आउनुभएका समाजसेवी चन्द्रबहादुर छन्त्याललाई गृहगाउँमा सम्मान गरिएको छ । १९ बर्ष पछि गाउँमा पुग्नुभएका छन्त्याललाई स्थानीय आमा समुह र विद्यालयले स्वागत तथा सम्मान गरेका हुन् । जनचेतना आमा समुहले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष लालकुमारी छन्त्याल लगायत... पुरा पढ्नुहोस

पानी नपरीकनै यसरी बढेर आयो कालिगण्डकी !

म्याग्दी १६ साउन । म्याग्दी र मुस्ताङ क्षेत्रमा भारी बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको छ । आज विहानदेखि जोमसोम हुँदै बगेको कालिगण्डकी नदीको सतह उर्लिएर आएको हो । जोमसोम क्षेत्रमा बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार,... पुरा पढ्नुहोस

ज्यामरुकोटको एनसेल टावरमा आगजनी

म्याग्दी १६ साउन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । गयराति करिब पौने ११ बजे विष्फोटको आवाज आएसंगै टावरमा आगजनी भएको थियो । टावरमा आगजनी भएर जेनेरेटर जलेको अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । घटनास्थलको अवलोकनको क्रममा टावरमा जेनेरेटर... पुरा पढ्नुहोस

नदी नियन्त्रण टिकाउ नहुँदा दरवाङमा कटानको जोखिम

  बेनी १५ साउन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा नदी नियन्त्रणका लागि अस्थाई संरचना निर्माण सुरु भएको छ ।एक साताअघि आएको बाढीले किनारमा लगाएको मेसिनरी पर्खाल भत्काएपछि म्याग्दी नदीले बस्तीतर्फ कटान गर्ने जोखिम बढेको थियो । तत्काल जोखिम न्युनीकरणका लागि उपभोक्ता समिति मार्फत पर्खाल भत्कीएको ठाउँमा ग्यावीयन लगाउन सुरु... पुरा पढ्नुहोस

ठेकेदारले ज्याला नदिएपछि मजदुरले गरे तालाबन्दी

बेनी १५ साउन । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गलेश्वर देखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीका मजदुर, उपठेकेदार र आपुर्तिकर्ताहरुले रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको साइट कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् । ज्याला भुक्तानीका लागि पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरेकाले... पुरा पढ्नुहोस

काकाकुल बेनीबासीलाई पानी बाडे कुलदिपले

सन्तोष गौतम बेनी १५ साउन । खानेपानीको हाहाकार मच्चिएको बेनी बजारका बासिन्दालाई एक व्यक्तिले खानेपानी वितरण गरेका छन् ।बेनी खानेपानी उपभोक्ता संस्था मार्फत वितरण हुने खानेपानी माग अनुसार आपुर्ति नहुने र पटक पटक अवरुद्ध हुदाँ बेनीमा विगत दुई महिनादेखि खानेपानीको अभाव छ । समस्यामा परेका बजारबासीको आवश्यकतालाई मध्यनजर गरेर हाँडेभिरका... पुरा पढ्नुहोस

शहिद मनोज र झपेन्द्रको सम्झनामा अस्पतालका विरामीलाई फलफूल वितरण

  म्याग्दी, १५ साउन । मनोज र झपेन्द्र शहिद स्मृति दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा रहेका २४ जना विरामीलाई फलफूल वितरण गरिएको हो । नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला कार्यसमिति म्याग्दीको अवसरमा कर्मचारीबाट राष्ट्रको सेवा गर्दागर्दै शहिद भएका... पुरा पढ्नुहोस

बेनीमा गठेमंगल पर्व मनाइयो

  बेनी १५ साउन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन मनाइने गठेमंगल पर्व बेनीमा पनि मंगलबार मनाइएको छ ।परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी कालीगण्डकी नदीमा सेलाएर पर्व मनाइएको हो । बेनीमा नेपाल भाषा मंकाःखल र ल्यामःपुचको पहलमा गठेमंगल पर्व... पुरा पढ्नुहोस

पत्रकार कमल खत्री शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

म्याग्दी १४ साउन । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री शिक्षा पत्रकारीता पुरस्काबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारीता पुरस्कार २०७५ बाट खत्री पुरस्कृत भएका हुन् । खत्री “प्रादेशिक शिक्षा पुरस्कार(२०७५)” बाट गण्डकी प्रदेशको प्रतिनिधित्व गराउदै... पुरा पढ्नुहोस