म्याग्दी समाचार

दोस्रो सोमबार गलेश्वरमा तिन लाख भेटी संकलन

बेनी १४ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार करिब तिन लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । दुई लाख ९९ हजार ३२२ रुपैयाँ भेटि संकलन भएको कोषका सदस्य... पुरा पढ्नुहोस

झोलुङ्गे पुलले आधा घण्टाको बाटो ४ मिनेटको बनायो

म्याग्दी, १४ साउन  । बेनी र बागलुङ नगरपालिकाको सिमानामा रहेको ठूलो खोलामा झोलुङ्गे पुल बनकेको छ । २ सय ६० मिटरको लामो पुल बनेपछि आधा घण्टाको बाटो चार मिनेटमा छोटिएको छ। बेनी नगरपालिका २ फापरखेतको रातोभीरदेखि बागलुङ नगरपालिका २ चनौटेको खोचमाथि २६० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको सर्वसाधारण आवातजावातको... पुरा पढ्नुहोस

युएईमा हुन लागेको म्याग्देली साँस्कृतिक धमाका २०१९ सम्पूर्ण तयारी पुरा

युएई, १३ साउन । रोजगारिको शिलसिलामा युएई पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)युएई ले आयोजना गर्न लागेको ‘म्याग्देली सांस्कृतिक धमाका २०१९’ को सम्पूर्ण तयारी पुरा भएको छ । २६ जुलाई शुक्रबारको दिन दुबइको बरदुबईमा बसेको कार्यक्रम तदर्थ समितिको बैठक ले सम्पूर्ण तयारी पुरा गरेको जानकारी कार्यकारी समितीलाई दिएको... पुरा पढ्नुहोस

आमा समुहद्धारा ज्येष्ठ नागरिक आश्रममा अन्नदान

म्याग्दी १३ साउन । म्याग्दी बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा आमा समुहले अन्नदान गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुह र पिप्लेमा रहेको उदा आमा समुहले पुलत्स्य पुहल अन्नदान क्षेत्रलाई रु १० हजार बढीको विभिन्न समाग्री सहयोग गरेका हुन् । ज्येष्ठ नागरिकहरुको खाना र... पुरा पढ्नुहोस

तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना

म्याग्दी १३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा प्रहरीको अस्थायी पोष्ट स्थापना भएकोे छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको सिमानामा रहेको यस बस्तीमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ६ जना जनशक्ति रहने गरि अस्थायी पोष्ट स्थापना गरिएको हो । यो पोष्ट संगै म्याग्दीमा प्रहरीको सेवा २२... पुरा पढ्नुहोस

सडक आयोजनासंग भएको सहमति कार्यान्वयन नहुदाँ सदरमुकाम बेनीमा खानेपानी हाहाकार

म्याग्दी, १३ साउन । सदरमुकाम बेनीमा खानेपानी हाहाकार छ । तिन दिन देखि बेनीबजारबासीलाई खानेपानी समस्या भएको हो । बेनी जोमसोम सडक आयोजना अन्तर्गत गलेश्वरमा पानीको पाईप फुटेपछि एकहजार ५० घरधुरीलाई खानेपानी समस्या भएको हो । घुमाउनेताल, चमेरा र राउमारे अन्तर्गत सडक स्तोरन्नती गर्ने क्रममा ठेकेदारको लापरबाही तथा पहिरोले बेनीमा... पुरा पढ्नुहोस

बास्तविक कृषकलाई खै अुनदान : ब्यावसायीक बाख्रापालनमा हिमलाल कार्की

म्याग्दी, १३ साउन । जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु पखटोलका हिमालाल कार्की बर्षौदेखि ब्यवसायिक बाख्रापालनमा छन् । परम्परागत रुपमा कृषि तथा बाख्रा पालनलाई निरन्तरता दिदै कार्कीले देनिकी खर्च चलाउदै आएका छन् । उनको गोठमा ४० ओटा बाख्रा छन् । दैनिकी कर्मचारी कार्यालय गएजस्तै दिनहुँ वनतिर बाख्रा चराउन जान्छन् । बेलुका... पुरा पढ्नुहोस

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना रंगेहात पक्राउ ( भिडियोसहित)

म्याग्दी १२ साउन । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित ४ जना कर्मचारी घुस रकम सहित प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले आईतवार दिउँसो कार्यालयकै कर्मचारीबाट लिएको घुस रकम सहित चार जनालाई पक्राउ गरेको हो । घुस सहित पक्राउ पर्नेमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम प्रसाद... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

  ताकम १२ साउन । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सहभागी... पुरा पढ्नुहोस

म्याग्दीमा चौध करोड राजस्व संकलन

बेनी १२ साउन । म्याग्दीमा गत आर्थिक वर्षमा चौध करोड रुपैयाँ राजस्व संकलन भएको छ । संघीय सरकारका कार्यालयले तेह् करोड ३६ लाख ८० हजार ६६२ र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय –कोलेनिका)ले जनाएको छ । सबै भन्दा बढी... पुरा पढ्नुहोस