म्याग्दी समाचार

मिर्गौला पीडित ठाकुर परियारलाई कतारमा संकलीत रु ५० हजार सहयोग हस्तान्तरण

म्याग्दी १२ माघ । विगत ३ बर्षदेखि मिर्गाैलामा समस्या देखिएपछि उपचार गराईरहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई रु ५० हजार सहयोग प्राप्त भएको छ । आर्थिक अभावले उपचार गराउन नसकेका परियारको लागि कतारमा रहेका भगवतीका युवाहरु, मोना कतारका कार्य समितिका पदाधिकारीहरु र अल जवर जेटिसीमा... पुरा पढ्नुहोस

मानबमुत्रको प्रयोगले अर्मनमा सुन्तलाको उत्पादन बढ्यो

अमित बिश्वकर्मा म्याग्दी १२ माघ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका... पुरा पढ्नुहोस

अपाङ्गग मैत्री पुर्वाधार निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह

म्याग्दी, १२ माघ । अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्री पुर्वाधार निर्माण गर्न बेनी नगरपालिकाका जनप्रनिधिलाई आग्रह गरेका थिए । अपाङ्ग संघ म्याग्दी, बौद्धिक अपाङ्गता अभिभावक संघ, म्याग्दी नेत्रविहिन संघ र म्याग्दी बहिरा संघको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा भएको अनुक्षिण कार्यक्रममा सरकारी कार्यालय, विद्यालय लगायतका पुर्वाधारहरु अपाङ्ग मैत्री बनाउन... पुरा पढ्नुहोस

मुस्ताङको मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की प्रतियोगिता हुने

मुस्ताङ १२ माघ । हिमाल पारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने सङ्घका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए । स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने,... पुरा पढ्नुहोस

मोना कोरियाको अध्यक्षमा केसी चयन, नेपाल भ्रमण बर्षको प्रचार प्रसार

बेनी, १२ माघ । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको अध्यक्षमा सुनेश केसी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १३ औं अधिवेशनबाट केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन भएको छ । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा... पुरा पढ्नुहोस

मंगलाघाटबाट ठुलो परिमाणको लागुऔषध सहित दाजुभाई पक्राउ

बेनी ७ माघ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उनका भाई आशिष खत्रीलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठुलै परिणाममा लागुऔषध... पुरा पढ्नुहोस

दुर्घटनामा घाईते अमित केसीको उपचारमा आर्थिक अभाव

  म्याग्दी, ७ माघ । रुख ढाल्ने क्रममा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसीलाई उपचारमा आर्थिक अभाव भएको छ । काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराईराखेका केसीलाई उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक अभाव भएको हो । माघ १ गते गाउँमा रुख काट्ने क्रममा घाईते भएका केसीको ढाड... पुरा पढ्नुहोस

गलेश्वर– राखु भगवती सडकमा तोकिएको भाडा कहिल्य हुन्छ कार्यान्वयन ?

  म्याग्दी, ६ माघ । म्याग्दीको सदरमुकाम बेनी हुदै गलेश्वर राखु भगवती सडकमा मनोमानी भाडा सवारीसाधनले लिदै आएका छन् । बेनीको कालिपुलदेखि रघुगंगा गाउँपालिका– राखु मैदानसम्म १२ किलोमिटर रहेको सडकमा सवारीसाधनले ३ सय रुपैया भाडा लिदै आएका हुन् ।ग्रामिणबस्तीका बासिन्दाहरु विभिन्न कामले सदरमुकाम बेनी आउने गर्छन । तर ग्रामिण सडकमा... पुरा पढ्नुहोस

लोप हुँदै परम्परागत पानी घट्ट, ढिकी र जाँतो

धिरन खत्री म्याग्दी, ६ माघ । जिल्लामा आधुनिक घट्टको विकासले परम्परागत घट्ट पछिल्लो समय लोप हुदै गएको छ । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितो लागि विधुतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो संरक्षण्को अभावले लोप हुदै गएका हुन् । गाउँगाउँमा विधुत विस्तार र सडक पुगेसंगै आधुनिक मेसिनहरु... पुरा पढ्नुहोस

जिल्ला स्तरीय मावि तह हाजिरी जवाफ प्रतियोगितामा गलेश्वर आदर्श प्रथम (तस्बिर सहित)

म्याग्दी ५ माघ । बेनीमा सम्पन्न जिल्ला स्तरीय मा.वि. तह हाजिरी जवाफ प्रतियोगितामा बेनी नगरपालिका–९ को गलेश्वर आदर्श आवासीय मावि प्रथम हुन सफल भएको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले आयोजना गरेको जिल्लास्तरीय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको फाईनलमा १६० अंक प्राप्त गर्दै गलेश्वर आदर्श प्रथम... पुरा पढ्नुहोस